२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनडीए गठबन्धनलाई दुई तिहाइ बहुमत, नितिश कुमार फेरि मुख्यमन्त्री बन्ने



अ+ अ-

काठमाडौं । भारतको बिहारमा भएको विधानसभा निर्वाचनमा नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएल गठबन्धनले दुई तिहाइ बहुमत ल्याएको छ । मतगणनाको अन्तिम परिणम गएराति सार्वजनिक गरिएको हो ।

कुल २४३ सिटको विधानसभाको अन्तिम मतपरिणाम अनुसार एनडीए गठबन्धनले २०२ सिटमा विजय हासिल गरेको छ ।

अन्तिम मतगणनाअनुसार जनता दल युनाइटेडका ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने भएका छन् ।

यहाँ बहुमतको सरकार बनाउन १२२ सिट जित्नुपर्छ भने १६२ भन्दा बढी सिट जिते दुईतिहाइ हुन्छ।

राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धन जम्मा ३५ सिटमा विजयी भएको छ । महागठबन्धनले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो ।

अन्य दलहरूले ६ सिट जितेका छन् ।

बिहारका मुख्यमन्त्री नितिशकुमार नेतृत्वको सरकारले पछिल्ला महिना मतदाता लक्षित विभिन्न योजना ल्याएको थियो । मुख्यमन्त्री रोजगार योजना त्यसमध्येको एक रणनीतिक योजना थियो ।

गत सेप्टेम्बरमा लागु गरिएको यही योजनाअन्तर्गत झन्डै ७५ लाख महिलाको खातामा साना व्यवसाय सुरु गर्नका लागि १० हजार भारु सीधा पठाइएको थियो ।

मुख्यमन्त्री नितिशकुमारले आफ्ना चुनावी र्‍यालीहरुमा पनि पछिल्ला दुई दशकमा स्थानीय निकायमा महिलाहरुलाई आरक्षण, जागिर र आफ्नै व्यवसाय गर्न चाहनेलाई १० हजार सहयोग गरिएको स्मरण गराएका थिए ।

निर्वाचनभन्दा केही समयअघि मात्रै १ सेप्टेम्बरअघि लागू हुनेगरी सरकारले १ सय २५ युनिटसम्म बिजुली नि:शुल्क गर्ने घोषणा गरेको थियो । यो योजनाबाट राज्यका झन्डै २ करोड परिवार प्रत्यक्ष लाभान्वित भएका थिए ।

नितिशकुमार सरकारले पछिल्लो समय ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई दिइने भत्ता पनि बढाएको थियो ।

विपक्षी महागठबन्धनले निर्वाचनको मुखैमा ल्याइएका यी योजनाको विरोध गरेपनि त्यसलाई रोक्न सकेनन् ।

महागठबन्धनले पनि ‘तेजस्वीका प्रण’ नाम चुनावी घोषणापत्रमा महत्वाकांक्षी योजनाहरु सार्वजनिक गरेको थियो । सरकार बनेको २० दिनभित्रै संसद्मा विधेयक लगेर प्रत्येक घरका एकजनालाई रोजगारीको प्रबन्ध गरिने, महिलालाई प्रति महिना २५ सय रुपैयाँ भत्ता दिने, ज्येष्ठ नागरिक तथा अपंगता भएकाहरुको भत्ता बढाउनेलगायत वाचा उसले गरेको थियो ।