२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै



अ+ अ-

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ । विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो सिनेमालाई दर्शकले मंसिर १८ गतेबाट हेर्न पाउने भएका हुन् ।

यसैक्रममा यो चलचित्र को नयाँ पोस्टर निर्माणपक्षले आज सार्वजनिक गरेको छ । पोस्टरमा चलचित्रका अधिकांश कलाकार छन् । कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकार पोस्टरमा अटाएका छन् ।

सबै कलाकार क्यारेक्टर लुक्समा छन् । कामेश्वर साइकलमा छन् । अरु कलाकार आआफ्नै क्यारेक्टर लुक्समा छन् । कुन कलाकारको यो चलचित्रमा कस्तो लुक्स छ भन्ने यो पोस्टरले प्रष्ट पारेका छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।

चलचित्र प्राविधिक र कथानक दुवैमा बलियो रहेको निर्माणपक्षले दाबी गर्दै आएको छ । तराईको सेटअपमा रहेको सिनेमाले तराईको कथा भन्ने संकेत गरेको छ । जुन सिनेमाका मुख्य कलाकार कामेश्वर र लक्ष्मीको हुलियाले पनि प्रष्ट पार्छ ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादन रहेको छ ।