२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक



अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताको मस्यौदामा सार्वजनिक गरेको छ । मस्यौदाबारे एक साताभित्र सुझाव दिन आह्वान गरेको छ ।

आयोगले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न सो आचारसंहिताको प्रारम्भिक मस्यौदा तयारी गरी पृष्ठपोषणका लागि ‘वेबसाइट’मार्फत आज सार्वजनिक गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा सो मस्यौदामाथि आगामी मङ्सिर ७ गतेभित्र रायसुझाव दिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दल, विभिन्न सरकारी तथा गैह्रसरकारी सङ्घ संस्था, आमनागरिक एवं सरोकारवालालाई आग्रह गरेको छ । रासस




भर्खरै