२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसएस राजामौलीमाथि धार्मिक भावनामा चोट पुर्याएको आरोप



अ+ अ-

एजेन्सी । शनिबार हैदराबादमा एसएस राजामौलीको आगामी फिल्म ‘वाराणसी’को टिजर सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा प्राविधिक समस्या आएपछि धेरै प्रयास गरे तापनि टिजर प्ले हुन सकेन। त्यसपछि निर्देशक एसएस राजामौली स्टेजमा आएर उपस्थित दर्शकसँग माफी मागे। तर यस क्रममा उनले दिएको केही भनाइका कारण उनीमाथि धार्मिक भावनामा आघात पुर्‍याएको भन्दै आरोपहरू लागिरहेका छन्।

प्राविधिक खराबीका कारण जब टिजर चल्न सकेन, तब राजामौली स्टेजमा आए र उनले आफू भगवानमा विश्वास नगर्ने बताए। तर समस्या आएपछि उनलाई बाबुले भनेको कुरा सम्झना आएको उनले बताए— उनका बाबु भन्थे, ‘जब–जब तिमीलाई समस्या पर्छ, भगवान हनुमानले तिमीलाई मद्दत गर्छन्।’

राजामौलीले अगाडि भने— ‘म भगवानमा धेरै विश्वास राख्दिनँ। बाबु भन्थे, जब म कुनै समस्यामा हुन्छु, हनुमान मेरो पछाडि उभिएर मलाई बाटो देखाउँदैछन्। तर यो गडबडी हुँदा मलाई धेरै रिस उठ्यो। के भगवानले यस्तै गरी मद्दत गर्छन्?’

स्टेजमा बोल्दै उनले यो पनि बताए कि उनकी श्रीमती भने भगवान हनुमानकी ठूलो भक्त हुन्। तर जब प्राविधिक समस्या आयो, उनी केहीबेरका लागि श्रीमतीमाथि समेत रिसाएका थिए।

राजामौलीले फेरि टिजर प्ले गर्ने प्रयास गरे, र दोस्रो पटक पनि टिजर नचल्दा उनले भने कि यदि उनका बाबुले भनेको हनुमानले एकपटक मद्दत गरेका थिए भने, अब उनी हेर्न चाहन्छन् कि उनकी श्रीमतीले विश्वास गरेको हनुमानले दोहोर्‍याएर मद्दत गर्छन् कि गर्दैनन्।

कार्यक्रमको क्लिप भाइरल भएपछि मानिसहरू राजामौलीमाथि धार्मिक भावनामा आघात पुर्‍याएको आरोप लगाउँदै माफी माग्नुपर्ने भएको टिप्पणी गरिरहेका छन्। अहिले यस विवादमा राजामौलीको प्रत्यक्ष प्रतिक्रिया आएको छैन।