२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक बस्दै: संसद विघटनको संवैधानिक परीक्षणमा जाने विषयमा छलफल हुने



अ+ अ-

काठमाडौं -नेकपा एमालेले आज विघटित संसदीय दलको बैठक बोलाएको छ । दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा दलको बैठक बस्न लागेको हो ।

एमाले दल स्रोतका अनुसार असंवैधानिक तरिकाले विघटन गरिएको संसदलाई पुनर्स्थापना गर्नुपर्ने नेकपा एमालेको मागलाई थप शसक्त बनाउन दलको बैठक बोलाइएको हो ।

विघटित प्रतिनिधि सभामा एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टीले असंवैधानिक ठहर गरेको संसद विघटन र पुनर्स्थापना का बारेमा अध्यक्ष केपी शर्मा ओलीले साँसदहरुलाई जानकारी गराउनुहुनेछ ।

संसद विघटनको संवैधानिक परीक्षण बाँकी रहकोले त्यसका लागि दल वा साँसद अदालतमा जाने विषयमा पनि आजको छलफल केन्द्रित हुने बर्तौलाले जानकारी दिनुभयो ।