२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि बोपाराको उत्कृष्ट ब्याटिङमा चितवनले कर्णालीलाई हरायो



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ ।

कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि रवि बोपराले अर्धशतक प्रहार गरे ।  उनले ३५ बलमा ५२ रन बनाए ।

यस्तै, दीपक बोहराले ४२, सैफ जैब ३८ र कुशल मल्लले २० रनको योगदान दिए ।

बलिङमा कर्णालीका सोमपाल कामीले २, युनिस सिंह ठकुरी, मार्क वाट र युवराज खत्रीले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । उसका लागि ओपनर प्रियांक पाञ्चालले ९० रनको विष्फोटक इनिङ खेले । ४७ बल खेलेका उनले ६ छक्का र ७ चौका प्रहार गरे ।

यस्तै, पवन सर्राफले अविजित २७, म्याक्स ओ’डाउडले २० तथा मार्क वाटले १६ रन जोडे ।

बलिङतर्फ चितवनका सोहेल तनवीर, रवि बोपारा र सैफ जइब एक–एक विकेट लिए ।