२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद पुनःस्थापनको लागि एमाले निर्णायक सडक आन्दोलनमा जानुपर्छः उपाध्यक्ष पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशमा भएको राजनीतिक घटनाक्रमलाई प्रतिगामी भन्दै त्यसका विरुद्ध पार्टी सडक आन्दोलनमा जानुपर्ने टिप्पणी गर्नुभएको छ ।

मंगलवार पार्टीको विघटित संसदीय दलको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन संविधानमिाथिको आक्रमण भएको जिकिर गर्नुभयो । उहाँले अनधिकृत रुपमा संसद विघटन गरेर संसदबाहिरबाट सरकार गठन गरिएको उल्लेख गर्दै यसका विरुद्ध निर्णायक आन्दोलनमा जानुपर्ने बताउनु भयो । उहाँले जनतालाई संगठित गर्दै प्रतिनिधि सभा पुनःस्थापनाका लागि निर्णायक आन्दोलन सुरु गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गत भदौ २३, २४ को सिरानी हालेर देशमा जुन प्रकारको प्रतिगमन भएको छ यो प्रतिगमनको विरुद्धमा आन्दोलनमा जानुपर्ने, सडकमा उत्रिनुपर्ने जिम्मेवारीमा छौं । हामीले सुविचार लिएर जनताको माझमा जानुपर्ने, जनतालाई संगठित गर्नुपर्ने र आन्दोलित गर्नुपर्ने परिवर्तित भुमिकामा छौं । हामीले हरेक परिस्थितिमा आफूलाई खरो रुपमा उतार्न सक्नुपर्छ जस्तो मलाई लाग्छ । हाम्रो पार्टीको पृष्ठभूमि र हाम्रो पार्टीको विगत पनि त्यस्तै छ । अहिले जुन ढंगले हाम्रो संविधानमाथि आक्रक्रमण भएको छ । संविधानलाई घाइते तुल्याइएको छ । अनधिकृत रुपमा संसद विघटन गरिएको छ । र सदनभन्दा बाहिरबाट जुन ढंगको सरकार गठन गरिएको छ । यो सबै प्रतिगामी क्रियाकलाहरुका सम्बन्धमा हामी संगठित रुपमा जनताका माझमा जाने। जनतालाई आन्दोलित गर्ने र निर्णायक आन्दोलनको बलमा हामीले प्रतिनिधि सभाको पुनःस्थापना गर्ने निष्कर्षमा हाम्रो पार्टी पुगेको छ । हामीले यसबीचमा धेरै महत्वपूर्ण छलफल पनि गरेका छौं ।’

उहाँले मुलुकमा विकसित घटनाक्रम र पार्टीको भूमिकाका विषयमा पार्टी आन्तरिक छलफलमा जुटिरहेको समेत बताउनु भयो ।