२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देहीको मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन



अ+ अ-

रूपन्देही।  रूपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । मङ्सिर २ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार गाउँपालिकाको नाम ‘मर्चवारी गाउँपालिका’ बाट परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ कायम गरिएको छ ।

यसका साथै, गाउँपालिकाको केन्द्र पनि साविकको वडा नं ३ रायपुरबाट परिवर्तन गरी वडा नं ४ खैरामा सारिएको छ । गाउँपालिकाको आधिकारिक स्रोतका अनुसार यस क्षेत्रको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको मर्चवारीमाई भगवतीको मन्दिरलाई आत्मसात गर्दै गाउँपालिकाको पहिचानलाई अझ बलियो बनाउन ‘मर्चवारीमाई’ नाम राखिएको हो । यो मन्दिर यस क्षेत्रको पुरानो धार्मिक स्थलमध्ये पर्दछ ।

गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं ४ खैरामा सरेसँगै यस क्षेत्रका स्थानीय बासिन्दालाई सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ । साविकको केन्द्र रायपुरबाट खैरामा सारिएको यो निर्णयले गाउँपालिकाभित्रका सबै वडाका जनताको पहुँचलाई मध्यनजर गरेको गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले जानकारी दिनुभयो । उहाँले लामो समयदेखि यो प्रस्तावमन्त्री परिषद्मा पठाइएको र अहिले यस विषयमा निर्णय आएको बताउनुभयो ।

केन्द्र परिवर्तन नभएकै कारण हालसम्म पालिकाको आफ्नै प्रशासनिक भवनसमेत निर्माण हुने सकेको छैन । “यस परिवर्तनले गाउँपालिकाको प्रशासनिक तथा भौगोलिक संरचनामा नयाँ अध्याय थपेको छ, जसलाई कार्यान्वयन गर्न अब गाउँपालिकाले आवश्यक तयारी गर्नेछ”, अध्यक्ष बरईले भन्नुभयो । रासस