२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

झुम्का कारागारका पाँचसय ५६ कैदी अझै फरार



फाइल फोटो
अ+ अ-

विराटनगर। कोशी प्रदेशको झुम्कास्थित कारागारका ५५६ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।

जेनजी आन्दोलको दोस्रो दिन भदौ २४ गते ठूलो सङ्ख्यामा आएका जमातले कारागारमा तोडफोड र आगजनी गर्ने प्रयास गरेको थियो ।

कारागारका प्रशासनको होसियारीले कारागारमा आगजनी हुन सकेन तर सो समयमा रहेका एक हजार ७९६ कैदी भने भाग्न सफल भएका थिए ।

सो दिन तीन जना कैदी बिरामी भएका कारण अस्पतालमा रहेको कारागार प्रमुख सुवास लामिछानेले जानकारी दिनुभयो ।

फरार सबै कैदीमध्ये केही आफै फर्केर आएका थिए भने केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । फरार रहेका ५५६ कैदीबन्दीको व्यापक खोजतलास भइरहेको प्रमुख लामिछानेले बताउनुभयो । रासस