२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे



अ+ अ-

काठमाडौं । सरकारले कतारलाई उपहारस्वरुप दिएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकली त्यसतर्फ पठाईको छ ।

आज बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेज मार्फत त्यसतर्फ पठाईएको हो । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजमार्फत अपरान्ह ५ बजेपछि उनिहरुलाई बिदाई गरिएको छ ।

यी हात्तीलाई कतार पठाउन हिजो (मंगलबार) चितवनबाट भैरहवा लगिएको थियो ।हात्तीहरूसँगै एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन् । केही समय हात्तीहरूको रेखदेख गर्नेदेखि त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर उनीहरू फर्किने छन् ।

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा २०८१ वैशाख ११ र १२ गते नेपालले एक जोडी हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो ।

तस्बिर : कमल रायमाझी/रासस