२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी



फाइल फोटो
अ+ अ-

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले आफ्नो ‘निश्चित’ लक्ष्य हासिल गर्ने बताउनुभएको छ।

“विशेष सैन्य अभियानको लक्ष्य निश्चित रूपमा प्राप्त हुनेछ,” मस्कोमा रक्षा मन्त्रालयका अधिकारीहरूसँगको बैठकमा पुटिनलाई उद्धृत गर्दै क्रेमलिनले जनाएको छ।

“हामी द्वन्द्वको मूल कारणलाई कूटनीतिको माध्यमबाट समाप्त गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “यदि ‘विरोधी देश र यसका विदेशी संरक्षकहरूले ठोस छलफलमा संलग्न हुन अस्वीकार गरेमा’ रूसले ‘सैन्य माध्यमबाट’ कब्जा गरेको युक्रेनी भूमि आफ्नो मुलुकमा गाभ्नेछ।”

बर्लिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधिहरूसँग दुई दिनको वार्तापछि युक्रेनले सोमबार किएभको भविष्यको सुरक्षा सुनिश्चितताको प्रश्नमा भएको ‘प्रगति’ को प्रशंसा गरेसँगै रूसी नेता पुटिनको योे कडा टिप्पणी आएको हो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार युक्रेनले कुन क्षेत्र रूसलाई सुम्पनु पर्छ भन्ने प्रश्नमा मतभेद बाँकी छ।

युक्रेनका युरोपेली सहयोगीहरूको सहभागिता बिना तयार गरिएको वाशिङ्गटनको प्रारम्भिक प्रस्तावमा किएभलाई आफ्नो पूर्वी डोनेट्स्क क्षेत्रबाट फिर्ता गर्ने र डोनेट्स्क, क्रिमिया र लुगान्स्क क्षेत्रहरूलाई रूसको रूपमा मान्यता दिने जनाइएको थियो ।

संशोधित योजनाको वर्तमान विषयवस्तु अस्पष्ट छ । यसअघि बुधबार क्रेमलिनले रुसले बर्लिनमा भएको वार्ताको परिणामबारे अमेरिकाबाट सूचनाको पर्खाइमा रहेको बताएको थियो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “हामी आशा गर्छौं कि हाम्रा अमेरिकी समकक्षीहरूले युक्रेनी र युरोपेलीहरूसँग उनीहरूको कामको परिणामको बारेमा हामीलाई सूचित गर्नेछन्।

सन् २०२२ सेप्टेम्बरमा रूसले आधिकारिक रूपमा जापोरिज्झिया, डोनेट्स्क, लुगान्स्क र खेरसोन क्षेत्रहरू कब्जा गरेको दाबी गरेको थियो, यद्यपि, ती सबैमा उसको पूर्ण सैन्य नियन्त्रण थिएन ।(रासस/एएफपी)