१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र



अ+ अ-

कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य सङ्घले निर्माणाधीन ठूला पूर्वाधार योजनामा देखिएका कानुनी अड्चन समाधान गरी निर्माणलाई तीव्रता दिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग ज्ञापनपत्र बुझाएको छ ।

आज जिल्लाका विभिन्न विकास आयोजना अनुगमनका लागि आउनुभएका मन्त्री घिसिङलाई सङ्घले मागपत्र बुझाएको हो । सङ्घका अध्यक्ष पिताम्बर जोशीले सङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा मन्त्री घिसिङलाई सो ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो ।

ज्ञापनपत्रमा महाकाली करिडोरको शीघ्र निर्माण, सुख्खा बन्दरगाह निर्माण तथा मझगाउँ विमानस्थल निर्माणमा देखिएका कानुनी अड्चन तत्काल समाधान गरी निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ । यस्तै सीमा क्षेत्रका विभिन्न समस्या समाधान गर्न पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

उद्योगी व्यवसायीले ‘डिमाण्ड लाइन’बापत तिर्नु परिरहेको विद्युत्को चर्को शुल्क तथा आम उपभोक्ताले विद्युत् उपभोग गरेबापत तिर्दै आएको अत्यधिक विलम्ब शुल्क घटाउनुपर्ने माग पनि सङ्घले गरेको छ ।

सङ्घका अध्यक्ष जोशीले कञ्चनपुरका विकास आयोजना समयमा सम्पन्न नहुँदा आर्थिक गतिविधि प्रभावित भएको उल्लेख गर्दै कानुनी झमेलाका कारण अलपत्र परेका योजनालाई सहज बनाउनमन्त्री घिसिङसँग माग गर्नुभयो ।

मन्त्री घिसिङले सङ्घका मागप्रति सकारात्मक धारणा व्यक्त गर्दै समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।रासस