२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण



अ+ अ-

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको मुन्दुम पदमार्गमा परिधीय संरचनासहित पदमार्ग निर्माण तथा पुनःनिर्माण सुरु गरिएको छ ।

चखेवादेखि मैयुङसम्म पदमार्ग नभएका स्थानमा नयाँ पदमार्ग निर्माण गरिने र बिग्रिएका स्थान संरचनालाई पुनःनिर्माण सुरु गरिएको निर्माण समितिका अध्यक्ष जीवन किरातीले जानकारी दिनुभयो । पदमार्ग निर्माण गर्दा किरात मुन्दुम संस्कृतिअनुसार विभिन्न सांस्कृतिक आकृतिसमेत समेटेर संरचनाको निर्माण गरिनेछ ।

पदमार्गमा पर्यटकको सुविधालाई ध्यानमा राख्दै पार्क, शौचालय, विश्रामस्थललगायत आवश्यक परिधीय संरचना निर्माण हुनेछन् । पदमार्ग निर्माण तथा पुनःनिर्माणका लागि दुई वटा समिति गठन गरिएको छ ।

एउटा समितिले पदमार्ग निर्माणको काम गर्नेछ भने अर्को समितिले परिधीय संरचना निर्माणको जिम्मेवारी लिनेछ । निर्माणमा १५० श्रमिक खटिनेछन् ।

पदमार्गलाई दीर्घकालीन रूपमा पर्यटन र कृषिका माध्यमबाट आत्मनिर्भर बनाउँदै लैजाने योजनाका साथ गाउँपालिका अघि बढिरहेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी पूर्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा यो मुन्दुम पदमार्ग विकास गर्न चाहन्छौँ, त्यसैका लागि आकर्षक र गुणस्तरीय पदमार्ग निर्माणमा जुटेका छौँ ।”

प्राकृतिक सौन्दर्य र किरात मुन्दुमी संस्कृतिले भरिपूर्ण यो पदमार्गमा लेकाली हावापानीसँगै हिमाल, पहाडका थुम्का, बिहानीको सूर्योदय, समथर फाँटको मनोरम दृश्य, विभिन्न प्रकारका जडीबुटी, चराचुरुङ्गी तथा रेडपाण्डासमेत नजिकबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । रासस