५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा



अ+ अ-

काठमाडौँ ।नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औं महाधिवेशनमा आफू सहमहामन्त्री सशक्त दाबेदार रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दाबी गर्ने बताउनुभएको हो ।

उहाँले आफूलाई सहमहामन्त्री पदमा उठ्न नदिए आफ्नै ढंगले महामन्त्री पदमा उम्मेदवारी दिने दाबी समेत गर्नुभयो । उहाँले पार्टीका शिर्ष नेताहरुले महाधिवेशनमा दोस्रो तहका नेताहरुमाथि दमन गरे छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो,‘म अहिलेसम्म डा. शेखर कोइाराला पक्षको मान्छे हो । यसमा लजाउने कुरा भएन । मैले अगामी महाधिवेशनमा सहमहामन्त्री दिनुहोस् भन्छु । म अरुजस्तो तपाईहरुसँग झुटो बोल्दिन । म माथिबाट तल झर्ने मान्छे होइन तलबाट माथि जाने हो । मेरो जीवन पनि त्यस्तै छ । तल सुकुम्बासीको छोरो अहिलेसम्म यहाँ आइपुगेको छु । सहमहामन्त्रीमा मेरो उम्मेदवारीको निम्ति आग्रह गर्छु । उहाँहरुले दिनुभएन भने नयाँ ढंगको सोच हुन्छ महामन्त्रीमा मेरो उम्मेदवारी जान्छ या उपसभापतिमा जान्छ । यो पटक सभापतिमा जादैन । यदि त्यसमा पनि समस्या आएछ भने सभापतिको लागि स्वच्छ छवि भएको नयाँ उम्मेदवार घोषणा गरेर विद्रोहमा जान्छौँ ।’

उहाँले पार्टीका वर्तमान महामन्त्री गगनकुमार थापाले चलाएको पार्टी आफूहरुले देखिसकेको भन्दै आफूले चलाएको पार्टी जनतालाई देखाउने इच्छा रहेको पनि बताउनु भयो ।