२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा परिवर्तन चाहने शक्तिहरूलाई एकैठाउँमा ल्याउन आवश्यक परे आफू सभापति पद त्याग गर्न तयार रहेको बताएका छन्।

रिहा भएलगत्तै चितवनमा आयोजित विशेष सम्बोधनमा उनले मिल्नुपर्ने सबैसँग संवाद भइरहेको जानकारी दिए। देशलाई निकास दिनका लागि पार्टी, चुनाव चिह्न, सभापति र उपसभापति सबै त्याग्न पनि आफू तयार रहेको उनको भनाइ छ।

लामिछानेले आफू कुनै एक चुनावका लागि मात्रै राजनीतिमा नआएको स्पष्ट पार्दै पुस्तागत परिवर्तनका लागि आएको बताए।

उनले भने, ‘म एउटा चुनावको लागि राजनीतिमा आएको मान्छे होइन, एउटा पुस्ताको लागि आएको हुँ। त्याग गर्ने पहिलो सूचीमा मैले आफ्नो नाम चढाएको छु। पुस्ताको लागि मिल्ने हो भने रवि लामिछानेले त्याग गर्छ, एउटा चुनावको लागि हो भने आई एम सरी।’

उनले परिवर्तनका लागि इमानदार र दीर्घकालीन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै साझा उद्देश्यका लागि सबै पक्षबीच एकताबद्ध पहलको आवश्यकता औंल्याए।