२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु



अ+ अ-

काबुल। अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार जानकारी दिएका छन् ।

उनीहरू अफगानिस्तानबाट अवैध रूपमा (विना कुनै कागजात) प्रवेश गरेको पाइएको छ। “इरान–अफगानिस्तानको सीमानामा सीमा पार गर्न खोज्ने केही समूहलाई इरानले रोकेको र सीमा क्षेत्रमा रहेका तीन व्यक्तिको अत्यधिक चिसो मौसमका कारण मृत्यु भएको छ,” नाम गोप्य राख्ने शर्तमा अफगान सेनाका अधिकारीले शनिबार बताए ।

आप्रवासीहरुको उक्त समूह बुधबार इरान प्रवेश गर्न खोज्ने समूहमध्ये एक टोली थियो र अफगान सीमा बलले उनीहरूलाई सीमामा रोकेको र उनीहरूको चिसोका कारण मृत्यु भएको हो ।

“बुधबार राति उनीहरूको खोजी गरिएको थियो तर बिहीबार मात्रै शव फेला परेको हो,” ती सैनिक अधिकारीले भने । संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) को पछिल्लो तथ्याङ्कका अनुसार सन् २०२५ जनवरी र नोभेम्बरको अन्त्यसम्ममा इरानी अधिकारीहरूले १८ लाखभन्दा बढी अफगानीहरूलाई अफगानिस्तान फर्कन बाध्य पारेका थिए।

यूएनएचसीआरले अफगानिस्तानको स्थितिलाई जानकारी गराउन गरेको पोष्टमा भनिएको छ, “प्रतिकूल परिस्थितिमा पाकिस्तान र इरानबाट भएका यी सामूहिक फिर्तीले अफगानिस्तानको पहिले नै अत्यधिक अभाव भएको स्रोत र सेवाहरूलाई थप सङ्कटमा पारेको छ। अव्यवस्थित फिर्ता अभियानले नयाँ विस्थापनको जोखिम निम्त्याउने देखिएको छ।”

यस हप्ता एम्नेस्टी इन्टरनेसनलले देशहरूलाई ‘फर्केकाहरूलाई गम्भीर क्षतिको वास्तविक जोखिम’ भन्दै जबरजस्ती मानिसहरूलाई अफगानिस्तान फर्काउने कार्य रोक्न आह्वान गरेको थियो ।

दुई ठूला भूकम्पबाट प्रभावित र जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको अफगानिस्तानले हालैका महिनाहरूमा धेरै चुनौतीहरूको सामना गरिरहेको छ।

विशेष गरी संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक रङ्गभेद’ को रूपमा वर्णन गरेको अफगानिस्तानले धेरै जागिर र सार्वजनिक स्थानहरूबाट महिलाहरूलाई बहिष्कृत गरिएको कारण अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्नुपरेको छ।

संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रमले मङ्गलबार अफगानिस्तानका एक करोड ७० लाखभन्दा बढी मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् । (रासस/एएफपी)