१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु



अ+ अ-

काठमाडौँ । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक इन्टर्न डाक्टरको मृत्यु भएको छ।

मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर गम्भीर घाइते भएका डाक्टर अमित यादवको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

सप्तरीको राजविराज नगरपालिका–९, जगदरी घर भएका यादव इन्टर्नका रूपमा सोही अस्पतालमा कार्यरत थिए।

पाँचौँ तलाबाट भूइँमा खस्दा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि उनलाई तत्कालै नोबेल मेडिकल कलेजकै आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।