२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु



अ+ अ-

भक्तपुर। बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान सुरु गरिएको छ ।

प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमसहितको टोलीले अभियानअन्तर्गत पहिलोपटक भक्तपुर अस्पतालको अनुगमन तथा निरीक्षणसँगै अस्पताल मातहतका स्वास्थ्यकर्मीसँग अन्तरक्रियासमेत गरेको छ ।

त्यस अवसरमा प्रमुखसचिव अधिकारीले प्रदेशभित्रका सबै अस्पताललाई जनसेवामैत्री, सुविधा सम्पन्न एवं उत्कृष्ट अस्पतालका रूपमा सेवा विस्तार गर्ने लक्ष्यका साथ अभियान सुरु भएको बताउनुभयो । त्यस क्रममा भक्तपुर अस्पतालको सेवा, बिरामी र कर्मचारीसम्म छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।

वीर अस्पतालपछिको दोस्रो पुरानो यस अस्पतालमा भर्ना भएर सेवा लिइरहेका बिरामीको श्ययामा पुगेर प्रमुख सचिव अधिकारी, स्वास्थ्य सचिव डा गौतमलगायतको टोलीले स्वास्थ्य सेवा, सेवा प्रवाहको अवस्था,  व्यवस्थापन र गुनासोबारे जानकारी लिएको थियो ।

प्रमुखसचिव अधिकारीले भन्नुभयो, “भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल घोषणा भएको र यहाँको सेवा प्रवाह राम्रो रहेको सुन्दै आएका हौँ, यहाँको सेवा पनि राम्रै रहेछ । यस अस्पतालले थोरै जनशक्ति र सेवा सुविधाबाट पनि बिरामीलाई गणस्तरीय सेवा दिन सकिन्छ भन्ने उदाहरण पेस गरेको छ ।”

स्वास्थ्य सचिव डा गौतमले उपचारका लागि आएका बिरामीलाई सेवाबाट सन्तुष्ट बनाएर घर पठाउने गरी सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो । अस्पतालका लागि आवश्यक पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनमा मन्त्रालयबाट आवश्यक सहयोग हुने बताउँदै उहाँले अस्पताललाई तीन सय श्ययामा विस्तार गर्न नयाँ भवन निर्माणका लागि आवश्यक प्रक्रियासमेत अगाडि बढाएको जानकारी दिनुभयो ।

अन्तरक्रियामा अस्पतालका मेडिकल डाइरेक्टर  डा सुरेन्द्र भट्टले समग्र सेवा सुविधा, जनशक्ति अवस्था, उपकरण तथा पूर्वाधारबारे जानकारी गराउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारी, स्वास्थ्यकर्मीलगायत सबैले सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले देशको दोस्रो पुरानो अस्पताल भएकाले यहाँ सेवा विस्तार तथा आवश्यक पूर्वाधारमा प्रदेशसँगै केन्द्रीय सरकारले पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

त्यस क्रममा अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति व्यवस्थापन, भवन तथा पूर्वाधारको व्यवस्था, कर्मचारीको सेवासुविधामा वृद्धि, अस्पतालका लागि आवश्यक स्रोतसाधन तथा सुधारबारे कर्मचारीहरूले गुनासो तथा सुझाव व्यक्त गरेका थिए ।

प्रमुखसचिव अधिकारीले प्राप्त सुझाव तथा गुनसालाई गम्भीरतापूर्वक लिँदै प्रदेश सरकारले स्वास्थ्य सेवा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धतजा जनाउनुभयो । रासस