२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने



अ+ अ-

मोरङ: कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहित गरी यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान गर्न गर्ने उद्देश्यले आज बुधबारदेखि विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

मोरङ उद्योग व्यापार सङ्घ विराटनगरको आयोजनामा हुने यो एक्स्पो यही पुस १७ गतेसम्म संचालन हुनेछ र यसको तयारी पूरा भएको जानकारी दिइएको छ ।

अन्तरराष्ट्रियस्तरको कृषि, पर्यटन तथा औद्योगिक उत्पादन मेला आयोजनाले यस क्षेत्रका औद्योगिक उत्पादनको प्रवर्द्धनका साथै कृषि उत्पादनको बजारीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष अनुपम राठीले जानकारी दिनुभयो । विराटनगर–१ पोखरियामा आयोजना हुने एक्स्पोमा रु २० करोडको व्यापार हुने अनुमान रहेको उहाँले बताउनुभयो ।

एक्स्पोका संयोजक अमितकुमार सारडाले एक्स्पोमा २०० वटा ‘स्टल’ रहने बताउनुभयो । एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका साथै भारत, बङ्गलादेश, पाकिस्तानमा उत्पादित वस्तुहरू समेत रहने उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा एक्स्पो सञ्चालनका लागि रु दुई करोड ५० लाख खर्च हुने अनुमान रहेको बताइयो । सङ्घले यसअघि विसं २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ मा व्यापार मेला आयोजना गरिसकेको छ ।