२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन



अ+ अ-

डुम्रे : पाँचवर्ष बितिसक्दा पनि व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने मादीसेती नदीमाथिको मोटरेबल पुल निर्माण पूरा हुनसकेको छैन ।

गण्डकी प्रदेशको महत्त्वपूर्ण मानिएको यस पुल समयमै सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोग्न बाध्य छन् । पुल निर्माणको समय लम्बिँदा आयोजनाको लागत बढ्दै गएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्रप्रताप तिवारीले निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पुलको ‘स्टिल पाट्र्स’ फेब्रिकेसनको काम सकिएको र दुईवटा ‘स्पान’मध्ये एउटा यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । “बाँकी कामका लागि आवश्यक सामग्री भारतबाट आइसकेको छ । हामीले निर्माण कम्पनीलाई २०८२ साल चैत मसान्तसम्ममा काम सक्न निर्देशन दिइसकिएको छ”, उहाँले भन्नुभयो, “व्यास र ऋषिङलाई जोड्ने यस पुल हाम्रो समृद्धिको आधार हो । तर पाँच वर्षसम्म पनि अलपत्र हुनु अत्यन्तै दुःखद् पक्ष हो । विकासका काममा हुने यस्तो ढिलासुस्तीले गरिनुहुँदैन ।”

गण्डकी प्रदेश सरकारले रु ३२ करोड ४० लाख २७ हजार १९४ को लागतमा निर्माण सम्पन्न गर्नेगरी २०७७ साल मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएको थियो । हालसम्म ६५ प्रतिशतमात्र पुलको भौतिक प्रगति भएको छ । निर्माण भइरहेको पुल १५५ मिटर लामो र ‘स्टिल ट्रस’ प्रकृतिको हुनेछ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल चैत २३ गते शिलान्यास गरिएको भए पनि ठेकेदारको ढिलासुस्ती र विभिन्न बहानामा हालसम्म तीनपटक म्याद थप भइसकेको छ । व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार हुँदै जिल्लाको ग्रामीण मानिएको दक्षिण भेगबाट आवतजावत गर्ने मुख्य पुल हो ।

पाइल फाउन्डेसनमा आधारित यस पुल ९.५ मिटर चौडा हुनेछ । पछिल्लो समय कार्यालयले कामलाई तीव्रता दिन दबाब दिएपछि निर्माणस्थलमा केही चहलपहल बढेको छ । यद्यपि पटकपटक म्याद थपिने तर काम नहुने प्रवृत्तिले गर्दा तोकिएको नयाँ समयसीमाभित्र पुल सञ्चालनमा आउनेमा स्थानीय अझै चिन्तित बनेका छन् । रासस