२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विकास–निर्माणका कामलाई दलीय स्वार्थभन्दा माथि राख्नुपर्छ’



फाइल फोटो
अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकासलाई दलीय स्वार्थभन्दा माथि राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

मकवानपुरको थाहा नगरपालिकाको चित्लाङमा चित्लाङ हिल स्टेशनको आज उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले विकास निर्माणमा दलीय भावनाभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनमा एजेण्डा फरक भए पनि निर्वाचनपश्चात् विकास निर्माणमा फरक विचार हुन नहुने जिकिर गर्दै मुख्यमन्त्री बानियाँले विकासमा विग्रह नभई सहकार्य आवश्यक रहेको औँल्याउनुभयो ।

मकवानपुरको दामन, पालुङ, चित्लाङलगायत क्षेत्रलाई पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले विशेष लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले काठमाडौँ–चन्द्रागिरि–थाहा नगरको ‘कनेक्टिभिटी’ले सो क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले गरेको विकास र निर्माण गरेको संरचनालाई जोगाउने र चलाउने काम स्थानीय तहले लिनुपर्ने उल्लेख गर्दै उहाँले थाहा नगरपालिकामा बनेको संरचनालाई सफल रूपमा सञ्चालन गर्न सकिए सङ्घीयता बलियो हुने उल्लेख गर्नुभयो । रासस