२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रियसभा अधिवेशन आह्वानको माग गरेको छ ।

कांग्रेसको राष्ट्रियसभा संसदीय दलको आजको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा भएको बैठकले प्रतिनिधिसभा नभएकाले अविलम्ब राष्ट्रियसभा बैठक आह्वान गर्न उक्त सभाका अध्यक्षसमक्ष माग गर्ने निर्णय गरेको हो ।

जनआवज उठाउने सार्वभौम संसद् राष्ट्रियसभा मात्र रहेकाले पार्टीले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब आह्वान हुनुपर्ने माग गरिएको सचेतक रोकायले राससलाई बताउनुभयो ।

बैठकले संविधानसभा सदस्य गणेशबहादुर खड्का, पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री, बाग्लुङका पूर्वजिल्ला सभापति गोविन्दप्रसाद शर्मा कँडेल, संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादव, पूर्वमन्त्री अच्युतराज रेग्मी, पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल, पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतम र मोहम्मद आफ्ताव आलम, राष्ट्रियसभाका पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ र पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । रासस