२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा रहेका खाद्यान्नमा देखियो ‘ट्रान्स फ्याक्ट’: मुटुलाई हानी !



अ+ अ-

काठमाडौं । हामीले खाने खाद्यपदार्थहरुमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य अंगका रुपमा लिइने मुटुलाइ नै हानी गर्नसक्छ ।  पछिल्लो समय नेपालमा पनि खाद्य पदार्थहरुमा ट्रान्स फ्याक्ट बढी देखिन थालेको छ र मुटुलाइ नै हानी गर्नसक्ने खतरा बढेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा खासगरी औद्योगीक कच्चा पदार्थबाटै ट्रान्स फ्याक्ट बढी राखेर खाद्य पदार्थहरु बनाइने गरेको भेटिएको छ । त्यस्तो मात्रा खासगरी पाउरोटी, कुकिजहरुमा धेरै रहेको अनुगमनका क्रममा भेटिएको हो । विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले पप, बेकरी, बिस्कुटसहित विभिन्न प्रशोधित वस्तुहरुमा ट्रान्स फ्याक्ट बढी हुनसक्ने भएकाले यसको अनुगमनलाई बढाइएको बताउनु भयो । उहाँकाअनुसार केही दिनअघि पपको नमूना टेस्ट गरिएको थियो । त्यसमा अत्याधिक ट्रान्स फ्याक्ट देखिएकाले बजारबाटै फिर्ता लैजान कम्पनीलाई सचेत गराएको थियो । पपसहित बिस्कुटहरु लगायतमा समेत ट्रान्स फ्याक्ट अत्याधिक रहेको सम्भावना छ । त्यसमा विभागले अनुगमन बढाउँदैछ ।

नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना, २०२१–२०२५ लाई नेपालले ०७८ माघ २४ मा स्वीकृत गरेको थियो । ट्रान्सफ्याट सिमित गर्ने नीति स्वीकार्दै औद्योगिक प्रक्रियाबाट उत्पादित खानेकुरामा ट्रान्सफ्याटको मात्रा २ प्रतिशत भन्दा तल राख्ने सरकारले नीति लिएको थियो ।

उद्योगमा निर्मित र प्याक गरिएका खानेकुरामा ट्रान्स फ्याटको मात्रा २ प्रतिशत भन्दा तल हुने नीति सरकारको छ । यसलाई कार्यान्वयनमा ल्याइएको वैद्यको भनाइ छ । यो नीति औद्यिगिक रूपमा उत्पादित अस्वस्थकर चिल्लो पदार्थ लाई राष्ट्रिय खाद्य प्रणालीबाट सन् २०२३ सम्म निवारण गर्ने एउटा रणनितीक उपक्रम  पनि रहेको उहाँको भनाइ छ ।

विभागकी महानिर्देशक वैद्यकाअनुसार ट्रान्स फ्याट एउटा प्राकृतिक रूपमा पाइन्छ । प्राकृतिक रूपमा पाइने ट्रान्स फ्याटलाई रुमिनेन्ट ट्रान्स–फ्याटी एसिड पनि भनिन्छ । यी ट्रान्स फ्याट रुमिनेन्ट जनावरहरू (जस्तै गाई, भेडा आदि) को पाचन प्रणालीमा रहेका ब्याक्टेरियाबाट उत्पादन हुन्छन् । यस्ता ट्रान्स फ्याट ती जनावरबाट प्राप्त हुने खाद्य पदार्थहरूमा सानो मात्रामा पाइन्छन् ।

औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स फ्याटहरू भने खाद्य पदार्थहरूमा प्रयोग गरिने वनस्पति तेलको आंशिक हाइड्रोजनेसन प्रक्रियाबाट बनाइने वैद्य बताउनुहुन्छ । उहाँकाअनुसार यी ट्रान्स फ्याट प्रशोधित खाद्य पदार्थहरूमा पाइन्छन् । औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स फ्याटको मात्रा प्राकृतिक रूपमा पाइने ट्रान्स फ्याटको तुलनामा सामान्यतया धेरै बढी हुन्छ ।

वैद्यकाअनुसार औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स फ्याटहरू फास्ट फुड, बेक गरिएका खाद्य पदार्थहरू जस्तै पाई, बिस्कुट, पेस्ट्री, मिठा रोल, केक; बिस्कुट; तारेका खानेकुराहरूमध्ये फ्रेन्च फ्राइज, चिकन नगेट्स, केही कबाबहरू; माइक्रोवेभमा तताउन मिल्ने तयार पपकर्न; वेफर तथा अन्य बेकरी सामग्री; जमेको मिठाइ; इन्स्ट्यान्ट नुडल्स; सर्टनिङ; आंशिक रूपमा हाइड्रोजनेट गरिएका तेलहरू; केही प्रकारका मार्जारिनमा पाइन्छ ।

महानिर्देशक वैद्यले भन्नुभयो–‘नेपाल सरकारले २०८० साल माघ महिनामा ट्रान्स फ्याट सम्बन्धी मापदण्ड ल्याएको छ । यो मापदण्ड औद्योगिक ओरिजिनको ट्रान्स फ्याटको लागि मात्र लागू हुन्छ । ट्रान्स फ्याट फर्म भनेको सिस फर्म र ट्रान्स फर्म दुइटा फर्ममा हुन्छ, त्यसलाई फ्याटी एसिड भन्छ । घिउ तेलमा हुने फ्याट एसिड भनेको त्यहाँ भएको उपस्थित मोलिक्युलहरू हो । जसले चाहीँ घिउ तेल बन्दछ र मोलिक्युलमा, केही चेन्जेजहरू आउँछ । त्यसको चाहीँ स्ट्रक्चरमा अलिकति ट्विस्ट हुन्छ । जसले गर्दा अर्को फर्मभन्दा फरक हुन्छ । यो न्याचुरल्ली पनि उपस्थित हुन सक्छ हैन । जस्तो, गाई वस्तुको घिउ, दुधहरूमा पनि यो उपस्थित हुन्छ तर त्यो एकदम कम मात्रामा हुन्छ १/२% हुन्छ । मासुमा पनि हुने भयो, बोसोमा पनि हुन सक्ने भयो ।  वनस्पतिजन्यमा चाहीँ यो ट्रान्स फ्याट उपस्थित हुँदैन । अर्को यसको ट्रान्स फ्याटको उत्पत्ति कहाँ हुनसक्छ भन्दा, जस्तो वनस्पतिजन्य तेलहरूलाई पनि हामीले एकदम तातो डिग्री सेन्टिग्रेडमा तताउँदा र रिपिटेडली त्यसलाई तताउँदा पनि यो ट्रान्स फ्याट उत्पन्न हुन्छ । त्यसको मोलिक्युलर फर्ममा स्लाइटली बेन्ट हुने आइसोमर बन्छ र त्यो गएर हाम्रो शरीरको लागि हानिकारक कसरी हुँदो रहेछ भन्दा जसरी यो ट्राइग्लिसराइडहरूको बारेमा हामीले सुनेका छौँ नि, टीजी बढ्यो, टीजी बढ्यो भन्छौँ नि, मुटुको रोगको कारक तत्वहरू, जसले गर्दाखेरि मुटुकोमा बग्ने रगतको जुन धमनीहरू हुन्छ, क्यापिलरीहरूमा गएर चाहिँ यसले बिस्तारै त्यहाँ डिपोजिट हुन थाल्छ । त्यसले गर्दाखेरि चाहिँ मुटुको धमनी साँघुरो हुँदै जान्छ र जुन अल्टीमेटली हार्ट अट्याकको कारण बन्नसक्छ ।’

‘यसको डाइरेक्ट कोरिलेसन भेटिएको हुँदाखेरि यसप्रकारको ट्रान्स फ्याटी एसिडहरूलाई चाहिँ हामीले चाहिँ हाम्रो डाइटको माध्यमबाट आउँछ हैन । हाम्रो शरीरमै त्यो उत्पन्न हुने होइन, हामीले खाको खानाबाट उत्पन्न हुने पनि होइन । हामीले खाएको खानाको माध्यमबाट हामीले प्राप्त गर्ने हुने हुनाले, यसलाई हामीले न्यूनीकरण गर्नुपर्छ ।  प्राकृतिक रूपमा उपस्थित वस्तुहरुमा घिउ, बटरमा हुने ट्यान्स फ्याक्टी हुन्छ । ट्यान्स फ्याक्टी खसिको मासु, पशुजन्य पदार्थमा पनि हुने भयो । त्यसै पशु पन्छीबाट आउने पनि हुने भयो । तर यसलाई हामीले अलिकति न्यूनीकरण गर्नसक्छौँ । तर अर्को यसको ट्रान्स फ्याटको महत्वपूर्ण स्रोत जुन पछिल्लो २०/३० वर्षमा भेजिटेबल घिउमा एकदमै  प्रयोग भएको छ । किनभने घिउको त्यो सस्तो अल्टरनेटिभको रूपमा आएको छ । र त्यसको पनि मोलिक्युलर गर्दा त्यसमा फ्लेक्सिबिलिटी धेरै छ । धेरै खालको परिकारहरू त्यसबाट बन्ने गर्छन । जस्तो भेजिटेबल घिउ घर–घरमै पनि त्यो प्रयोग भइरहेको अवस्था छ, अहिले पनि प्रयोग भइरहेको छ । त्यो हाइड्रोजेनेशन विधिबाटवनस्पतिजन्य तेललाई एकदमै हाई टेम्प्रेचरमा यो हाइड्रोजेनेशन भनिन्छ, हाइड्रोजन ग्यास पास गरिन्छ र त्यो वनस्पति तेल र हाइड्रोजन एटमको बीचमा जब मोलिक्युलको बीचमा रियाक्सन हुन्छ, अनि त्यो चाहिँ सोलिडमा चेन्ज हुन्छ हैन, त्यसले गर्दा जसलाई हामी वनस्पति घिउ भनेर चिन्दछौँ । वनस्पति घिउ, त्यसकारण वनस्पति तेलबाट बन्ने भयो, अल्टीमेटली त्यो एकदमै सस्तो चाहिँ अल्टरनेटिभ भयो ।  तर त्यसको डिमेरिट पछिल्लो दशकमा आएर यो जुन डेनमार्कबाट यसको रिसर्चहरू शुरु भयो । त्यो हेर्दाखेरि यो हेल्थ हाजार्डको लागि, यो डाइरेक्टली यो कोरिलेटेड देखियो मुटुको रोगसँग देखियो र  पछाडि बिस्तारै यसको लिमिट म्याक्सिमम तोकिन थालेको हो ।’

वैद्यकाअनुसार प्रत्येक वर्ष करिब ५ लाख ४० हजार मृत्यु औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स–फ्याटी एसिडको सेवनका कारण हुने गरेको अनुमान छ । भारतमा मात्र कोरोनरी हार्ट डिजिजका कारण ६० हजार भन्दा बढी मृत्यु ट्रान्स फ्याटसँग सम्बन्धित छन्  । कुल क्यालोरीमा ट्रान्स फ्याटको मात्रा प्रत्येक २% ले बढ्दा, कोरोनरी हार्ट डिजिजको जोखिम २३% ले बढ्ने अध्ययनहरुले देखाएको वैद्यको भनाइ छ ।

उहाँकाअनुसार ट्रान्स फ्याटको सेवनले तौल वृद्धि गराउँछ र टाइप–२ मधुमेह हुने जोखिम बढाउँछ । त्यस्तै, अत्यधिक ट्रान्स फ्याट सेवनले कुनै पनि कारणबाट हुने मृत्युको जोखिम ३४% ले र कोरोनरी हार्ट डिजिजका कारण हुने मृत्यु २८% ले बढाउँछ । ट्रान्स फ्याटले खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ भने राम्रो कोलेस्ट्रोलको मात्रा घटाउँछ ।




भर्खरै