२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चामा रहेको पृथ्वीनारायण शाहको तस्बिरको कुरा



अ+ अ-

काठमाडौँ । भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलन पछि असामान्य बनेको मुलुकको परिस्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले २४ गते राष्ट्रको नाममा एक सम्बोधन गर्नुभयो ।

यो पनि पढ्नुहोस- राष्ट्रको नाममा प्रधानसेनापतिको सम्बोधन, मुलुकमा सेना परिचालन

प्रधानसेनापतिको त्यो सम्बोधन सँगै पृष्ठभूमिमा रहेको तस्बिर पनि निकै चर्चामा रह्यो । तस्बिरका बारेमा नेपाली सेनाले आफ्नो तर्फबाट स्पष्टीकरण नै सार्वजनिक गर्नुपर्‍यो ।

७ पुस २०८२ मा सेनाले एक वक्तब्य जारी गर्दै पृथ्वीनारायण शाहको तस्बिर राष्ट्रिय एकताको प्रतीक भएको आफ्नो अडानलाई पुनः प्रष्ट पारेको छ ।

यो पनि पढ्नुहोसनेपाली सेनाको प्रष्टिकरणस् संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ

सेनाले भनेको छ- भदौ २४ गते सेना प्रमुखको सन्देशमा पृथ्वीनारायण शाहको तस्बिर देखिनुलाई विभिन्न ढङ्गबाट आलोचना गरेको देखिन्छ । पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता र राष्ट्रिय एकताको प्रतीक हुन् भन्नेमा कोही पनि सच्चा नेपाली जनताको दुईमत नहोला । राष्ट्र निर्माता कुनै पनि तन्त्र र वादभन्दा माथि रहेको नेपालको ऐतिहासिक पहिचान हुन् । सङ्कटको क्षणमा राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको स्मरण गराउनु कुनै राजनीतिक सन्देश होइन, राष्ट्रिय चेतनाको आह्वान हो । त्यस सन्दर्भमा सेनाको नेतृत्वले एकताको सन्देश दिने प्रयास गर्नु सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम गर्नु पर्दछ भन्ने सन्देश थियो ।

यहि चर्चामा रहेको पृथ्वीनारायण शाहको फोटो गोरख बिष्टले खिचेका हुन् । नेचर फोटोग्राफीमा सौखिन गोरखले २०७९ मा चद्रागिरिको भालेश्वर मन्दिर अगाडी रहेको पृथ्वीनारायण शाहको पूर्णकदको प्रतिमालाई क्यामरामा उतारेका थिए ।

बिष्टले न्यूजपोलारसँग भन्नुभयो, “फरक फरक ठाउँमा पृथ्वीनारायणको प्रतीमा तथा तस्वीर त छन् तर चन्द्रागिरिमा रहको प्रतीमाले भने साँच्चै पृथ्वीनारायणको कल्पनाको मूर्तरुप जस्तो लाग्यो । धेरै ठाउँको फोटो तथा प्रतीमा हेरेँ तिनीहरू उति चित्तबुझ्दो लागेन, यसैलाई नै अन्तिम रुप दिएँ ।”

सोही फोटोलाई ठूलो बनाएर चन्द्रागिरि हिल्सका तत्कालीन महाप्रबन्धक अभिषेक बिक्रम शाहले तत्कालीन प्रधानसेनापनि प्रभुराम शर्मालाई उपहारस्वरुप दिनु भएको थियो ।

शाहले भन्नुभयो, ‘पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता र राष्ट्रिय एकताको प्रतीक भएका कारण उपहारस्वरुप सेनालाई सो तस्वीर तयार पारेर उपहार दिएका हौँ ।’

नेपाली सेनाको नेतृत्वले यो तस्बिरमार्फत सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नुपर्ने सन्देश दिन खोजेको पनि स्पष्ट पारेको छ ।