२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणी क्रेटबाट थप १३१ जना आप्रवासीहरूको उद्धार



अ+ अ-

ग्रिक। ग्रीकका तटरक्षकहरुले शनिबार क्रेटबाट थप १३१ जना आप्रवासीहरूलाई उद्धार गरेको जनाइएको छ ।

यो सँगै यस क्षेत्रमा विगत पाँच दिनमा समुद्रबाट बाहिर निकालिएका मानिसहरूको सङ्ख्या ८४० पुगेको प्रहरी प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार उद्धार गरिएका आप्रवासीहरू क्रेटको दक्षिणमा रहेको सानो टापु ग्याभडोसबाट करिब १४ माइल दक्षिणमा माछा मार्ने डुङ्गामा सवार थिए ।

यात्रुहरूको राष्ट्रियता खुलासा गरिएको थिएन भने उद्धार पछि सबैलाई गावडोस लगिएको जनाइएको छ । लिबियाबाट क्रेट पुग्ने प्रयास गरिरहेका धेरै मानिसहरू जोखिमपूर्ण यात्रा गर्दा डुबानमा पर्ने गरेको जनाइएको छ ।

डिसेम्बरको सुरुमा, क्रेटको तटमा उनीहरूको डुङ्गा डुबेपछि अधिकाशं सुडानी वा इजिप्टेली सहित १७ जना–मृत फेला परेका थिए भने अन्य १५ जना बेपत्ता भएको रिपोर्ट गरिएको थियो । जसमा दुई जना मात्रै बाँच्न सफल एको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्तका अनुसार यस वर्षको सुरु देखि युरोप जान खोज्ने १६ हजार ७७० भन्दा बढी व्यक्तिहरू क्रेटमा आएका छन्, जुन अन्य ग्रिसेली टापुको तुलनामा बढी हो ।

गत जुलाईमा, सरकारले आप्रवासीहरूको बढ्दो प्रवाहलाई ध्यानमा राख्दै अत्यावश्यक“ भन्दै लिबियाबाट आएका मानिसहरूको शरण आवेदनहरूको प्रशोधन तीन महिनाका लागि निलम्बन गरेको थियो । रासस