काठमाडौं । रश्मिलाज फेसियल हाउस एण्ड व्यूटी केयरले छैटौँ आउटलेटको सुरुवात गरेको छ ।
बिहीबार काठमाडौंको हात्तिगौँडा, बुढानीलकण्ठमा नयाँ आउटलेट स्थापना गरिएको हो । रश्मिलाज फेसियल हाउसको १८औँ वार्षिक उत्सवको अवसरमा नयाँ आउटलेट शुरु गरिएको छ ।
रश्मिलाज फेसियल हाउसको हात्तिगौँडाको आउटलेटको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौला र अभिनेत्री बेनिशा हमाल लगायतले गरेका छन् ।
रश्मिलाज फेसियल हाउसको हात्तिगौँडाको आउटलेटमा समी रेग्मी अधिकारी तथा रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठ र प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठले पार्टरसिपमा शाखा सञ्चालनमा ल्याएका हुन् । समी रेग्मी झण्डै २० वर्ष अमेरिकामा बसेर काठमाडौं आएकी हुन् ।
रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवम् वरिष्ठ व्यूटिसियन रश्मिला श्रेष्ठले १८ वर्षअघि क्रिसमसकै दिन काठमाडौंको सुनधारास्थित काठमाडौं मलबाट ‘रश्मिलाज फेसियल हाउस’ शुरुवात गर्नुभएको थियो ।
काठमाडौं मलपछि गोँगबुको बिजी मल, बालाजु बसपार्कको बुद्ध मल लगायतमा यसअघि सञ्चालन गरिएको रश्मिलाज फेसियल हाउसलाई बिहीबारबाट हात्तिगौँडामा पनि सञ्चालनमा ल्याएको अध्यक्ष श्रेष्ठले बताएकी छिन् ।
अब चाँडै यसको अरु शाखा काठमाडौं बाहिर र विदेशमा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिने रश्मिलाज फेसियल हाउस एण्ड व्यूटी केयरबाट आफूले लामो समयदेखि सेवा लिएको बताउनुभयो ।
अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौल , अभिनेत्री बेनिशा हमाललेले रश्मिला, प्रकाश र समीलाई नयाँ शाखाको सफलताको शुभकामना दिनुभयो ।
हात्तिगौँडा शाखाकी सञ्चालिका समी रेग्मी अधिकारीले नेपालमै केही गर्न सकिन्छ भनेर अमेरिकाबाट नेपाल आएर रश्मिलाज फेसियल हाउस, हात्तिगौँडा आउटलेटको आफूले शाखा बिस्तार गरेको बताइन् ।
१८ औँ वार्षिक उत्सवको अवसरमा कार्यक्रममा रश्मिलाज फेसियल हाउसका शाखाका कर्मचारी, व्यीटिसियन, हेयर स्टाईलिस्ट तथा मेकअप आर्टिस्टहरूलाई कार्यक्रममा पुरस्कृत गरिएको छ ।












