१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्कटमा पुर्ख्यौली पहिचान र लोक-संस्कृति



अ+ अ-

लुम्बिनी । कुनै समय मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो । शुभकार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक बाजाको अस्तित्व अहिले सङ्कटमा छ ।

“समयको परिवर्तनसँगै भित्रिएको डिजे र आधुनिक ब्यान्ड बाजाको चर्को स्वरले डफलाको मौलिक धुनलाई विस्तारै मधुरो बनाउँदै लगेको छ,” लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का दिनेश लोधले भन्नुभयो, “लोक–संस्कारको पर्याय मानिने डफला अहिले लोपोन्मुख अवस्थामा छ ।”

‘डफला’नेपालमा अवध (मधेश) कोविशिष्ट पहिचान बोकेको एउटा प्राचीन र मौलिक ताल बाजा हो । यसको बनावटमा जति सादगी देखिन्छ, ध्वनि त्यति नै गम्भीर र मिठासपूर्ण हुन्छ । यो बाद्ययन्त्र खासगरीसिसौ वा कर्माको काठलाई गोलाकार घेरा ९फ्रेम० बनाएर तयार पारिन्छ । डफलाको एकतर्फ बाख्रा वा गाईको प्रशोधित छाला मढिएको हुन्छ । देब्रे हातले समातेर दाहिने हातका औँला, हत्केला वा दुईवटा पातला लट्ठी९स्टिक०को सहायताले यसलाई तालबद्ध रूपमा बजाइन्छ ।

यो मुख्यतया उल्लास, विरह र वीरगाथा गायनमा प्रयोग हुने मौलिक(सांस्कृतिक बाजा हो । डफलाको जीवन्तसम्बन्ध विशेषगरी होली, दीपावली र पञ्चमीलगायत अवध मधेशको संस्कृति र विभिन्न पर्वसँग पनि गाँसिएको छ । वसन्त पञ्चमीदेखि नै गाउँका चौतारा र दलानमा डफलाको तालमा ‘होरी’ ९फागु गीत० गाउने परम्पराले आपसी सद्भाव र एकताको सञ्चार गर्दछ । लुम्बिनी सांस्कृतिक बिरहा समूहका ६० वर्षीय डफला वादक राम उजागिर चमारका अनुसार यसको उत्पत्तिको कथा अध्यात्मिक छ । उहाँले भन्नुभयो,“हाम्रा पूर्खाहरूले सुनाए अनुसार ‘डफला’ भगवान शिवको डमरु र खैँझडीको विकसित स्वरूप हो । जब भगवान शिवले ताण्डव नृत्य गर्नुभयो, त्यसको ताललाई धर्तीमा उतार्न काठ र छालाको मिश्रणबाट घेराकार ‘डफला’ बाजा बनाइएको हो ।”

अर्का वादक चिट्टू चमारका अनुसार आदिमकालमा खुसी व्यक्त गर्ने माध्यम खोज्दा प्रकृतिको प्रतिध्वनिलाई पछ््याउँदै काठको टोड्कामा छाला मढेर बजाउँदा यसको पहिलो आवाज निस्किएको लोकविश्वास छ तर आधुनिकताले आफ्नो पेसा नै विस्थापित गरिदिएको उहाँको दुःखेसो छ । सम्मरीमाई गाउँपालिका–७ बेतकुइयाँका ८० वर्षीय झगरु मुरावका अनुसार,“नयाँ पुस्तामा आधुनिकताप्रतिको आकर्षण, वैदेशिक रोजगारीको मोह, सामाजिक सम्मानको कमी र न्यून आर्थिक लाभका कारण डफलाको ताल र यसको पुरानो बैभव सम्झनामा मात्र सीमित हुन थालेको छ ।”

लोक(संस्कृतिका जानकार एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा त्रिभुवन बरईले यो सीप निश्चित समुदायमा मात्र सीमित रहनुलाई सङ्कटको कारण बताउनुभयो । उहाँले भन्नुभयो, “आधुनिक सङ्गीतले भन्दा डफलाले दिने आत्मिक शान्ति र सांस्कृतिक गहिराइ विस्तारै हराउँदै गएको छ । डफलालाई सङ्ग्रहालयमा मात्र सीमित हुन नदिन स्थानीय सरकारले चासो देखाएको भन्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यबाहक प्रमुख कल्पना हरिजनले कलाकारलाई प्रोत्साहन भत्ता र सामाजिक सम्मान दिनु आवश्यक रहेको बताउनुभयो ।

पेसागत पुस्तान्तरण नहुँदा यो कला लोपहुने अवस्थामा पुगेको भन्दै उहाँले सामूहिक डफला बादन प्रतियोगितालाई बढावा दिने बताउनुुभयो । त्यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वसीउद्दीन खाँले ‘डफला’ लाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यो सीपलाई जातीय घेराभन्दा बाहिर ल्याएर इच्छुक जो कोहीलाई पनि तालिम दिने व्यवस्था मिलाउनुपर्छ । राज्य र समुदाय दुबैले यसको संरक्षणमा सक्रियता नदेखाए डफलाको इतिहास किताबका पानामा मात्र सीमित हुनेछ ।” रासस