२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको हुलाक कार्यालय देशकै सर्वोत्कृष्ट



अ+ अ-

गोरखा। प्रविधिमैत्री, पारदर्शी, विश्वासनीय तथा द्रुत सेवा सञ्चालनमा अग्रणी स्थान हाँसिल गर्दै गोरखा जिल्ला हुलाक कार्यालय देशकै उत्कृष्ट बन्न सफल भएको छ ।

हुलाक विभागद्वारा लागु गरिएका विभिन्न मापदण्ड सबैभन्दा पहिले पूरा गरी जिल्ला हुलाक कार्यालय गोरखा सर्वोत्कृष्ट बन्न सफल भएको हो ।

यहाँको हुलाक कार्यालयले जिल्लाका सबै कर्मचारीलाई कम्प्युटर, इन्टरनेट तथा सवारी चालक प्रशिक्षण दिएर आधुनिक ‘प्रविधिमा पोख्त’ बनाउन सफल भएको छ ।

जिल्ला हुलाक र पालिका हुलाक कार्यालयमा गरी जिल्लामा ६५ जना हुलाक कर्मचारी हुनुहुन्छ । कार्यालय प्रमुख विनोद गैरे भन्नुहुन्छ, “६५ जनामध्ये ५० वर्षभन्दा कम उमेरका सबैलाई कम्प्युटर, इन्टरनेट तालिम र मोटरसाइकल तथा स्कुटर ड्राइभिङ तालिम दिएर प्रविधिमैत्री बनाइसक्यौँ । ५० बर्षभन्दा बढी उमेरका इच्छुकलाई तालिम दिएर दक्ष बनाएका छौँ ।”

हाम्रा सबै कर्मचारीहरुले आफूले गरेको काम अनलाइनमा अपलोड गर्न सक्नुहुन्छ । विगत दुई वर्षदेखि सुरु गरेको कम्प्युटर, इन्टरनेट तथा सवारी चालक प्रशिक्षण तालिम सबै कर्मचारीले प्राप्त गरिसकेका प्रमुख गैरेले बताउनुभयो ।

कम्प्युटर, इन्टरनेट, अनलाइन तालिम प्राप्त गरी गोरखा जिल्ला हुलाकले पोस्टल इन्टर्नल प्याकिङ सिस्टम (पिआईपिएस) प्रणाली लागू गर्न सफल भएको छ । यो प्रणाली लागू गर्ने आफूहरु देशकै पहिलो जिल्ला रहेको गैरेले जानकारी दिनुभयो ।

कार्यालयले जिल्लाको ११ वटै पालिकामा पिआइपिएस प्रणाली कार्यान्वयन गरेको छ । “अब गोरखा जिल्ला हुलाक तथा ११ वटै पालिका हुलाक कार्यालयमा दर्ता गरिएको चिठी तथा पार्सल कहाँ पुग्यो भनेर मोबाइलबाटै ट्रयाकिङ गरेर हेर्न सकिन्छ”, उहाँले भन्नुभयो, “यो अभ्यासले देशकै हुलाक सेवाको गरिमा बढाएको छ ।” यसले हुलाकप्रतिको विश्वासनीयता, पारदर्शिता बढाएको उहाँको भनाइ छ ।

त्यस्तै जिल्लाभरि सवारी साधनबाट डाँक सेवा सञ्चालन गरेर ‘द्रूत हुलाक सेवा’ सञ्चालन गर्न सफल भएको कार्यालय प्रमुख गैरेको भनाइ छ । उहाँका अनुसार अहिले जिल्लाको पालुङ्टार, जौबारी, भच्चेक, आरुघाट र घैरुङसम्म नियमित बसबाट डाँक बोक्ने सेवा सञ्चालन गरिएको छ ।

यसरी द्रूत सेवा सञ्चालन गरेर गोरखा जिल्ला हुलाक कार्यालयले देशभरकै उत्कृष्ट सेवा दिन सफल भएकोमा कार्यालय प्रमुख गैरेले खुसी व्यक्त गर्नुभयो । रासस