२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमले प्यालेसलाई हरायो, सन्डरल्यान्ड र लिड्सले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ ।

गएराति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई उसकै घरेलु मैदानमा १–० ले हराउँदै साँघुरो जित निकालेको हो । उसका लागि ४२ औँ मिनेटमा आर्की ग्रेले गरेको गोल निर्णायक बन्यो ।

यो नतिजापछि टोटेनहम १८ खेलबाट २५ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने प्यालेस २६ अंकका साथ नवौं स्थानमा छ ।

यस्तै, अर्को खेलमा लिड्स युनाइटेड र सन्डरल्यान्डले १–१ को बराबरी खेल्दै अंक बाँडे । २८ औं मिनेटमा सिमोन एडिंगाराले गोल गर्दै घरेलु टोलि सन्डरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा काल्भर्ट लेविनले गोल गर्दै लिड्सलाई बराबरीमा ल्याए । त्यसपछि दुबै टोलिले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

सन्डरल्यान्ड २८ अंकका साथ सातौं स्थानमा रहँदा लिड्स २० अंकका साथ १६ औं स्थानमा छ ।