२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण



This photo provided by the North Korean government, shows what it says a test of a long-range strategic cruise missile in the Yellow Sea off North Korea Sunday, Dec. 28, 2025. Independent journalists were not given access to cover the event depicted in this image distributed by the North Korean government. The content of this image is as provided and cannot be independently verified. Korean language watermark on image as provided by source reads: “KCNA” which is the abbreviation for Korean Central News Agency. (Korean Central News Agency/Korea News Service via AP)
अ+ अ-

एजेन्सी । उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाएको केही दिनपछि सार्वजनिक भएको हो ।

उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार आइतबार पश्चिमी तटबाट गरिएको प्रक्षेपणमा सर्वोच्च नेता किम जोङ–उनले ‘ठूलो सन्तुष्टि’ व्यक्त गर्नुभएको छ । उहाँले आणविक प्रतिरोधको विश्वसनीयता परीक्षण गर्नु र यसको शक्ति प्रदर्शन गर्नु बाह्य सुरक्षा खतराको सामना गर्न आत्मरक्षा तथा युद्ध प्रतिरोधको अधिकारअन्तर्गत गरिएको जिम्मेवार अभ्यास भएको बताउनुभएको छ ।

यो प्रक्षेपण उत्तर कोरियाले आगामी वर्षको सुरुमा हुने सत्तारुढ वर्कर्स पार्टीको महत्त्वपूर्ण सम्मेलन अघि गरेको पछिल्लो हतियार प्रदर्शन हो । सो सम्मेलनमा किमले अमेरिकासँगको सम्बन्धमा नयाँ प्राथमिकता निर्धारण गर्ने र लामो समयदेखि ठप्प रहेको वार्ताबारे वासिङ्टनको प्रस्तावप्रति उत्तर कोरियाको धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाली ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार आइतबार बिहान उत्तर कोरियाको राजधानी क्षेत्र आसपासबाट थुप्रै क्रुज मिसाइल प्रक्षेपण भएको पत्ता लागेको थियो । दक्षिण कोरियाले अमेरिकासँगको सैन्य गठबन्धनमार्फत उत्तर कोरियाबाट हुन सक्ने कुनै पनि उक्साहटको सामना गर्न तयार रहेको स्पष्ट पारेको छ ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का प्रस्तावहरूले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाए पनि क्रुज मिसाइल परीक्षणमा त्यस्तो स्पष्ट निषेध छैन । यद्यपि, ती मिसाइलहरू कम उचाइमा उड्ने र रडारबाट बच्न सक्ने भएकाले अमेरिका र दक्षिण कोरियाका लागि गम्भीर सुरक्षा चुनौती मानिन्छन् । विश्लेषकहरूका अनुसार द्वन्द्वको अवस्थामा उत्तर कोरियाले अमेरिकी युद्धपोत र विमानवाहक जहाजहरूलाई लक्षित गर्न यस्ता मिसाइल प्रयोग गर्ने रणनीति बनाएको हुन सक्छ ।

गत हप्ता उत्तर कोरियाले नयाँ एन्टी–एयर मिसाइलहरूको परीक्षण गर्नुका साथै विकासाशील आणविक–सञ्चालित पनडुब्बीको झण्डै पूर्ण हुल देखाउने तस्बिर सार्वजनिक गरेको थियो । उत्तर कोरियाले उक्त पनडुब्बीलाई आणविक क्षेप्यास्त्रले सुसज्जित गर्ने सङ्केत दिएको छ । यस्तो पनडुब्बी किमले अमेरिकी नेतृत्वमा रहेको सुरक्षा खतराको सामना गर्न विकास गर्ने वाचा गर्नुभएको परिष्कृत हतियार प्रणालीमध्ये एक हो ।

केही विज्ञहरूका अनुसार युक्रेन युद्धमा रुसलाई समर्थन गर्दै हजारौँ सैनिक र सैन्य सामग्री पठाएको उत्तर कोरियाले बदलामा महत्त्वपूर्ण प्रविधि सहयोग प्राप्त गरेको हुनसक्छ ।

सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय आणविक कूटनीति असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक शस्त्रागार विस्तार र हतियार परीक्षणलाई प्राथमिकता दिएको छ । यद्यपि ट्रम्पको बारम्बारको पहलपछि किमले सेप्टेम्बरमा अमेरिकाले यदि ‘आणविक निःशस्त्रीकरणको भ्रम’ त्यागे वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिनुभएको थियो । विज्ञहरूका अनुसार विस्तार भएको आणविक क्षमताले किमलाई सम्भावित वार्तामा थप लाभको स्थितिमा राख्ने विश्वास हुन सक्छ ।