१७ असार २०८३, बुधबार
,
Latest
विश्वविद्यालय शिक्षा सुधारको अर्को फड्को: राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जीवनउपयोगी शिक्षा आवश्यक छ ’



अ+ अ-

भक्तपुर । प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति विद्यालयबाट उत्पादन हुनुपर्ने बताउनुभएको छ । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उहाँले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “विद्यार्थीले ज्ञानसँगै ग्रहण गरेका मूल्य, मान्यतालाई आत्मासात् गर्दै देशको उज्ज्वल भविष्यको आधार निर्माण गरी समाज र राष्ट्रप्रतिको उत्तरदायित्व, सामाजिक सेवा, जिम्मेवार नागरिक बन्ने दृढसङ्कल्पका साथ महाविद्यालयले आधुनिक, गुणस्तरीय, जीवनउपयोगी शिक्षा प्रदान गर्ने विश्वास लिएका छौँ ।”

नयाँ पुस्तालाई पनि इमान्दारिता, समाज र राष्ट्रको विकासका लागि जिम्मेवार नागरिक बनाउनुपर्नेमा जोड दिँदै उहाँले सैद्धान्तिक शिक्षामात्र नभई कर्मभूमिप्रति समर्पित नागरिक तयार पार्ने शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले उत्कृष्ट विद्यार्थीहरूलाई ज्यास्मिन स्मृति पुरस्कार, गेहेन्द्रशम्सेर थापा स्मृति पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट शिक्षक एवं कर्मचारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महाविद्यालयका प्राचार्य दलबहादुर पुनले सैनिक कल्याणकारी कोषबाट सञ्चालित महाविद्यालयको स्थापनाको ४८औँ वार्षिकोत्सवसम्म आइपुग्दा विद्यालय शिक्षामा उत्कृष्ट नतिजा हासिल गर्नुका साथ अतिरिक्त क्रियाकलाप र राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादनमा समेत टेवा पुर्याएको बताउनुभयो । उहाँले २१औँ शताब्दीले परिकल्पना गरेअनुसार गुणस्तरीय एवं जीवनोपयोगी शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा महाविद्यालयका प्रमुख व्यवस्थापक अधिकृत एवं सहसेनानी शिवप्रसाद पौडेलले गुुणस्तरीय शिक्षामा लामो इतिहास यस महाविद्यालयले राष्ट्रका लागि आवश्यक एवं देशले गर्व गर्न लायक जनशक्ति उत्पादन गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थीले शैक्षिक गुणस्तरसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको बताउँदै विद्यालयमा अक्षयकोषको निर्माण गरी कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीले शास्त्रीय चर्या नृत्य, राष्ट्रिय सेवा दलको देशभक्तिपूर्ण नृत्य, तेक्वान्डो खेल प्रदर्शनी, महाविद्यालयको अकेस्ट्रा समूहको प्रस्तुति तथा विभिन्न सांस्कृतिक नृत्य एवं गायनहरू प्रस्तुत गरेका थिए । प्रधानसेनापति सिग्देलले विद्यार्थीको चित्रकला प्रदर्शनी, विज्ञान प्रदर्शनीलगात अवलोकन गर्नुका साथै महाविद्यालयले प्रकाशन गरेको स्मारिक ‘सल्लाघारी’को विमोचन गर्नुभयो । रासस




भर्खरै