१७ असार २०८३, बुधबार
,
Latest
झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन



अ+ अ-

चन्द्रपुर । मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो ।

बाटोबाट बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको थियो । यसअघि साना सवारीसाधन चन्द्रनिगाहपुर–गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए ।