२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोली लागेर एकजनाको मृत्युपछि हतियारसहित पाँच सिकारी पक्राउ



अ+ अ-

सुर्खेत। सुर्खेत पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जङ्गलमा गोली लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको आरोपमा अन्य पाँच जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह,  ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंह एकसाथ सिकार खेल्न जङ्गल गएको प्रहरीले जनाएको छ।

सिकार खेल्न गएका ६ जनामध्ये प्रचण्डदेवलाई गोली लागेर मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी सुधीरकुमार खडकाले जानकारी दिए।

पक्राउ परेकाबाट तीन थान भरुवा बन्दुक, फलामको दुई थान चक्कु, बारुद १३५.१८ ग्राम, भरुवा बन्दुकमा प्रयोग हुने ११ थान गोली बरामत गरिएको सूचना अधिकारी खडकाले जानकारी दिए।

पक्राउ परेकालाई आजै हतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।