२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड



इन्द्रबहादुर बानियाँ/फाइल फोटो
अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

५०औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको चियापान कार्यक्रममा मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबन्दी फिर्ता नआएको, तोडफोड तथा आगजनीमा संलग्न कानूनी दायरामा आउन नसकेकाले निर्वाचनमा सुरक्षा चुनौती देखिएको बताउनुभयो ।

वर्तमान सरकारको म्यान्डेट चुनाव गराउने भए पनि अझै चुनावको वातावरण बन्न नसकेको उल्लेख गर्दै निर्धारित समयमै निर्वाचनको वातावरण बनाउन सबै पक्षले पहल गर्नुपर्ने बताउनुभयो ।

संविधान संशोधन गरी जेनजीको माग सम्बोधन गर्न संसद् आवश्यक रहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री बानियाँले अहिलेकै अवस्थामा निर्वाचन भएमा जेनजीले उठाएका माग सम्बोधन हुनसक्ने जिकिरसमेत गर्नुभयो ।

स्वर्गीय बिपी कोइरालाले लिएको मेलमिलापको नीति वर्तमान अवस्थामा पनि सान्दर्भिक रहेको बताउँदै उहाँले कांग्रेसभित्रको एकतालाई मजबुत बनाउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस मकवानपुरका अध्यक्ष बुद्ध लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । रासस