१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लौकहीमा गोली लागेर एक जनाको मृत्यु



अ+ अ-

इनरुवा । कोसी गाँउपालिका–१ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका जय साहको मृत्यु भएको हो ।

उक्त घटना गए राति भएको हो । गोली प्रहार गर्नेको खोजी जारी छ । घटनास्थलबाट गोलीका खोका बरामद भएका छन् ।