२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै ठूलो हिउँ तथा बरफ पार्कले चीनको जाडो पर्यटनमा ऊर्जा थप्दै



अ+ अ-

एजेन्सी । हर्विन आइस–स्नो वल्र्डले विश्वभरका पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । जसले उत्तर–पूर्वी चीनको फस्टाउँदो अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको छ । १.२ मिलियन वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो पार्क डिसेम्बर १७ मा औपचारिक रूपमा खोलिएको थियो ।

जुन अहिलेसम्मकै सबैभन्दा भव्य संस्करण हो । गत जाडो मौसममा ६८ दिनको अवधिमा यस पार्कले कीर्तिमानी ३.५६ मिलियन पर्यटकहरूलाई स्वागत गरेको थियो । जसले हेलोंगजाङ प्रान्तको २६६.१७ अर्ब युआनको हिउँ तथा बरफ अर्थतन्त्रमा महत्वपूर्ण भुमिका खेलेको थियो । पार्कले यस वर्ष तातो पानीका कुण्डहरू, थिम परेड र क्रस–कन्ट्री स्कीइङ ट्रेलहरू जस्ता नयाँ आकर्षणहरू सार्वजनिक गरेको छ ।

चीनले आफ्नो हिउँ तथा बरफ अर्थतन्त्रलाई सन् २०२७ सम्म १.२ ट्रिलियन युआन र २०३० सम्म १.५ ट्रिलियन युआनको आर्थिक स्तरमा पु¥याई नयाँ विकास क्षेत्रको रूपमा विकसित गर्ने लक्ष्य राखेको छ । सन् २०२४–२०२५ को जाडो पर्यटकीय मौसममा हार्विनले ९० मिलियनभन्दा बढी पर्यटकहरू भित्र्याएको थियो । जसमा विदेशी पर्यटकहरूको संख्या गत वर्षको तुलनामा ९४.२ प्रतिशतले वृद्धि भएको छ ।