२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्विट्जरल्यान्डको एक रिसोर्टमा नयाँ वर्षको उत्सव मनाइरहेका बेला विस्फोट, ४० जनाको मृत्यु भएको आशंका



अ+ अ-

एजेन्सी । स्विट्जरल्यान्डको क्रान्स–मोन्टाना शहरस्थित अल्पाइन स्की रिसोर्टमा बिहीबार नयाँ वर्षको उत्सवका क्रममा विस्फोट भएको छ।

समाचार माध्यम द मिररले स्थानीय मिडियालाई उद्धृत गर्दै विस्फोटमा ४० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका जनाएको छ।

स्विट्जरल्यान्ड प्रहरीका अनुसार बिहीबार स्थानीय समयअनुसार बिहान १० बजे प्रेस सम्मेलन गरिएको थियो। त्यहाँ दिइएको जानकारीअनुसार राति १ः३० बजे कन्स्टेलेसन बारमा विस्फोट भएको हो। मृत्यु हुनेको संख्या सार्वजनिक गरिए पनि प्रहरीले अझै धेरै दर्जन मानिसको ज्यान गएको हुन सक्ने आशंका व्यक्त गरेको छ, जसमा विभिन्न देशका नागरिकहरू पनि रहेको बताइएको छ।

हाल क्रान्स–मोन्टाना शहरलाई ‘नो–फ्लाइ जोन’ घोषणा गरिएको छ। प्रहरी र आपतकालीन उद्धार टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटिरहेका छन्। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकहरूका अनुसार अस्पतालहरू जलेका बिरामीहरूले भरिएका छन् र धेरै घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

स्विस समाचार संस्था ब्लिकका अनुसार कन्सर्टका क्रममा गरिएको आतिशबाजीका कारण विस्फोट र त्यसपछि आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

घटनाको जानकारी पाउनासाथ प्रहरी, दमकल ९फायर ब्रिगेड० र एम्बुलेन्स टोली घटनास्थलमा पुगेका थिए। घाइतेहरूलाई तुरुन्तै नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ, जहाँ केहीको अवस्था गम्भीर रहेको बताइएको छ। सावधानीका रूपमा विस्फोट भएको स्थान र त्यस आसपासको क्षेत्रलाई सिल गरिएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार विस्फोटपछि उक्त क्षेत्रमा अफरातफरी मच्चिएको थियो। प्रत्येक १० मिनेटमा उद्धार हेलिकप्टर उडिरहेको देखिएको थियो। स्विस मिडियाका अनुसार उपलब्ध सबै उद्धार हेलिकप्टरहरू राहत कार्यमा परिचालन गरिएको छ। इटलीले पनि एक हेलिकप्टर सहयोगका लागि पठाएको छ। क्रान्स–मोन्टानामा बिदाको समयमा ठूलो संख्यामा पर्यटक आउने गर्छन्।

क्रान्स–मोन्टानाः पर्यटकको प्रमुख गन्तव्य

क्रान्स–मोन्टाना स्विट्जरल्यान्डको आल्प्स पर्वतीय क्षेत्रमा अवस्थित एक लक्जरी स्की रिसोर्ट हो। यो स्थान स्विस राजधानी बर्नबाट करिब दुई घण्टाको दूरीमा रहेको छ। यहाँ हरेक वर्ष, विशेषगरी जाडो याम र नयाँ वर्षको समयमा, ठूलो संख्यामा पर्यटक आउने गर्छन्।

करिब १५ हजार जनसंख्या भएको यो शहर देशका सबैभन्दा विशेष र महँगा क्षेत्रहरूमध्ये एक मानिन्छ। यो स्थान वर्षभरि घाम लाग्नेका लागि पनि प्रसिद्ध छ, किनकि यो रोन उपत्यकामा दक्षिणतर्फ ढल्किएको एक पठारमा अवस्थित छ।

क्रान्स–मोन्टानाबाट स्विट्जरल्यान्डको सबैभन्दा प्रसिद्ध पहिचान मानिने म्याटरहर्न हिमाल देख्न सकिन्छ। साथै यहाँबाट मोंट ब्लांकजस्ता अन्य उच्च हिमचोटिहरूका पनि मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।