२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किमद्वारा नयाँ वर्षमा रुससँगको गठबन्धनको प्रशंसा



अ+ अ-

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देशमा रुससँग बनाएको ‘अजेय गठबन्धन’ को प्रशंसा गर्दै विदेशमा लडिरहेका आफ्ना सैनिकको सराहना गर्नुभएको छ ।

उहाँले आफ्नो सेनालाई राष्ट्रको सम्मानको ‘वीरतापूर्ण’ रक्षाका लागि बधाई दिंदै उनीहरूलाई ‘साहसी बन्न’ निर्देशन दिनुभएको राज्य सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)ले बिहीबार जनाएको छ ।

दक्षिण कोरियाली र पश्चिमी गुप्तचर निकायका अनुसार प्योङयाङले युक्रेनमा रुसको करिब चार वर्ष लामो आक्रमणमा हजारौँ सेना पठाएको छ । दक्षिण कोरियाको अनुमान अनुसार कम्तीमा ६०० जनाको मृत्यु भइसकेको छ र हजारौँ घाइते भएका छन् । विश्लेषकहरूले उत्तर कोरियाले रुसबाट आर्थिक सहायता, सैन्य प्रविधि र खाद्यान्न तथा ऊर्जा आपूर्ति गरिरहेको बताएका छन् ।

किमले सैनिकलाई ‘विदेशी भूमिमा बहादुरीका साथ लडिरहेका’ भनी सम्मान गर्दै भन्नुभयो, “तपाईंको पछाडि प्योङयाङ र मस्को छन् ।” उहाँले रुससँगको गठबन्धन बलियो बनाउन सैनिकलाई ‘भ्रातृ रूसी जनताका लागि’ लड्न आह्वान गर्नुभयो ।

केसिएनएले किमको नयाँ वर्षको भाषण र मे डे स्टेडियममा भव्य उत्सव प्रदर्शनको तस्बिर सार्वजनिक गरेको छ, जसमा उहाँकी पत्नी रि सोल जु र छोरी जु एई पनि देखिनुभएको छ । छोरीलाई सम्भावित उत्तराधिकारी मानिन्छ ।

विश्लेषकहरूका अनुसार रुससँगको गहिरो गठबन्धनले किमको शासनलाई आर्थिक र सैन्य जीवनरेखा प्रदान गर्दै उहाँलाई अमेरिका र दक्षिण कोरियाबाट आएको वार्ता प्रस्ताव अस्वीकार गर्ने स्वतन्त्रता दिएको छ । क्युङ्गनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले भन्नुभयो, “विदेशी सैन्य अपरेसन वा सहयोग अब असाधारण छैन, तर आधिकारिक रक्षा नीतिको भागका रूपमा समाहित भएको छ ।”

यद्यपि, स्थलगत विवरणले युरोपको सबैभन्दा रक्तपातपूर्ण युद्धमा उत्तर कोरियाली सैनिकको स्थिति गम्भीर रहेको देखाउँछ । दक्षिण कोरियाली गुप्तचर सेवा र युक्रेनले पत्ता लगाएका दुई सैनिकले बन्दी बनाइएपछि आत्महत्या आदेश पाएको र हाल उनीहरू दक्षिणतर्फ फर्कन इच्छुक रहेको बताएका छन् ।