१७ असार २०८३, बुधबार
,
Latest
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निष्पक्ष र भयमुक्त चुनाव गराउन सबै गम्भीर हुनुपर्छः मुख्यमन्त्री कँडेल



फाइल फोटो
अ+ अ-

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आसन्न फागुन २१ को चुनाव नहुने अन्योल हटेको बताउनुभएको छ । अब निष्पक्ष र भयमुक्त रूपले निर्वाचन सम्पन्न गराउन सङ्घीय सरकार थप गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं २ को आज सुर्खेतमा बसेको तेस्रो पूर्ण बैठकमा पार्टीका केन्द्रीय सचिवसमेत रहेका कँडेलले निर्धारित समयमै चुनाव सम्पन्न गराउने विषयमा विगतमा जस्तो अन्यौल नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुरुमा राजनीतिक दलहरूको नाम देखाएर चुनावमा केही अन्यौलका कुरा भइरहेका थिए । अब सबै दल चुनावमा जान तयार भइसकेकाले  चुनाव सार्ने सम्भावना हटिसकेको छ । अब सरकार र कोही पनि अन्यौलमा रहनुहुँदैन ।”

सचिव कँडेलले आफ्नो पाटीका अध्यक्षलाई स्थान हद लगाएका कारण अहिले सङ्घीय सरकारमाथि नै चुनाव नगर्ने हो कि भन्न शंका उत्पन्न भइरहेको भन्दै सो समस्या समाधानका लागि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकार चुनाव हुन्छ भन्छ, तर हाम्रो पार्टीका अध्यक्षलाई स्थान हद तोकेर प्रचारप्रसारको वातावरण नै बनाइँदैन भने समस्या हुन्छ । यस विषयमा अब धेरै दिन अन्यौल रहनुहुँदैन ।” रासस