रुपन्देही । रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको एकल उम्मेदार सिफारिस भएको छ ।
आगामी प्रतिनिधि सभाको निर्वाचनको लागि रुपन्देही २ मा विष्णु पौडेलको नाम एकल रुपमा सिफारिस भएको हो ।
पटक पटक मन्त्री, अर्थमन्त्री तथा उपप्रधानमन्त्री भइसकेका पौडेलले यो क्षेत्रबाट २०५६ सालदेखि निरन्तर उम्मेदार दिँदै आएका छन् । उनले २०६४ देखि निरन्तर जित्दै आएका छन् ।












