२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी सुनसान, सडकहरू प्रायः खाली



The entrance of the Atanasio Girardot border bridge with Venezuela is pictured in Cucuta, Colombia, on January 3, 2026, after US forces captured Venezuela’s President Nicolas Maduro. President Donald Trump said on January 3, 2026, that US forces had captured Venezuela’s leader Nicolas Maduro after bombing the capital Caracas and other cities in a dramatic climax to a months-long standoff between Trump and his Venezuelan arch-foe. (Photo by Raul ARBOLEDA / AFP)
अ+ अ-

एनेन्सी । अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास शनिबार शान्त र सुनसान देखिएको छ । बिहान सबेरै गरिएको सैन्य कारबाहीपछि विस्फोटको गन्ध अझै शहरभर फैलिएको थियो भने त्रसित बासिन्दाहरू घटनाको असर बुझ्ने प्रयासमा देखिन्थे ।

राष्ट्रपति निकोलस मादुरोका केही सय समर्थकहरू उहाँको रिहाइको माग गर्दै जम्मा भए पनि त्यसबाहेक शहरका अधिकांश सडकहरू अस्वाभाविक रूपमा खाली थिए । ६० लाख जनसङ्ख्या भएको शहरकी ५८ वर्षीया बासिन्दा मारिया युजेनीय एस्कोबारले विस्फोटले निद्राबाट उछिट्टिएको अनुभव सुनाउँदै आफू भावुक भएको बताउनुभयो ।

स्थानीय समयअनुसार बिहान करिब २ बजे दर्जनौँ विस्फोटका आवाज सुनिएको जनाइएको छ । सुरुमा केहीले आतसबाजी ठानेका ती आवाजले झ्यालहरू हल्लिएका थिए र सैनिक विमानहरू घरमाथि उडिरहेका देखिएका थिए । काराकासको प्रमुख सैनिक केन्द्र नजिकको कोचे क्षेत्रमा बस्ने एक बासिन्दाले विमानको आवाज अत्यन्त डर लाग्दो भएको बताए ।

शहरका विभिन्न भागबाट धुवाँका मुस्ला उठेको देखिएको थियो भने वातावरण कुहिरोजस्तै धुवाँले ढाकिएको थियो । प्रत्यक्षदर्शीहरूले विमानस्थल र बन्दरगाह रहेको ला ग्वाइरा, पश्चिमतर्फको मराकाय तथा पूर्वतर्फको हिगुएरोते क्षेत्रमा पनि बमबारी भएको बताएका छन् ।

आक्रमणपछि मादुरोलाई अमेरिकी विशेष फौजले नियन्त्रणमा लिई न्युयोर्क लगिएको खबर बाहिरिएपछि समर्थकहरू राजधानीमा भेला भएर नाराबाजी गर्न थाले । विश्वविद्यालय प्राध्यापक कातिया ब्रिसेञोले विदेशी सरकारले आएर राष्ट्रपति हटाउनु अस्वीकार्य भएको बताउँदै आक्रोश व्यक्त गर्नुभयो ।

प्रदर्शनकारीबाहेक शहरमा सर्वसाधारणको आवतजावत निकै कम देखिन्थ्यो । कालो पोशाकधारी सुरक्षाकर्मीहरू हतियारसहित केन्द्रिय क्षेत्रमा गस्ती गरिरहेका थिए । धेरै पसलहरू बन्द थिए भने केही खुलेका पसलमा सीमित सङ्ख्यामा मात्र ग्राहकलाई प्रवेश दिइएको थियो ।

विस्फोटबाट भएको क्षति मुख्यतया सैनिक संरचनामा सीमित रहेको जनाइएको छ । रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले आवासीय क्षेत्रमा पनि आक्रमण भएको आरोप लगाउनुभएको छ ।