२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेक्वान्दोमा चार स्वर्णसहित २६ पदक



अ+ अ-

काठमाडौँ । चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण, सात रजत र १५ कांस्यसहित २६ पदक जितेका छन् । गेरोगी, पुम्से र स्पिड किकमा खेलाडीले पदक जितेका हुन् ।

जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गिता विष्टले स्वर्ण जितेका छन् भने आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रन्जिता भुसालले रजत पदक हात पारे ।

एभिनजङ्ग केसी, आरभी ज्ञवाली, यत्ना तिम्सिना, इनाया महर्जन, माइरा कार्की, श्रेयान कार्की, युजेन तामाङ, सोहन पाठक, एन्जल राई, जोसेफ गुरुङ, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, रियान्स बस्नेत र जाम्याङ तेन्जिङ शेर्पाले कांस्य प्राप्त गरे ।

प्रतियोगतामा लिटिल बड स्कुल, गोंगबु तेक्वान्दो डोजाङ र डाफोडिल पब्लिक स्कुलका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सरोज तामाङ र विकेश विडारी टोली प्रशिक्षकको जिम्मेवारीमा थिए ।