२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई बयानका लागि जाँचबुझ आयोगले पठायो पत्र



फाइल फोटो
अ+ अ-

काठमाडौँ। जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई बयानमा बोलाउँदै पत्र काटेको आयोग स्रोतले बताएको छ।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । लेखकको बयान सकिएसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र लेखेको हो ।

यद्यपि उनलाई बयानका लागि कार्यालयमा उपस्थित हुन भनेर पत्र पठाइएको हो वा लिखित रुपमा जबाफ पठाउन पत्र काटेको हो भन्ने पुष्टि भइसकेको छैन।

आयोगले यसअघि लेखक, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिइसकेको छ ।