२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मानव अधिकार आयोगमा ओलीले दिए बयान



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिनुभएको छ ।

गत भाद्र २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका सिलसिलामा आयोगले ओलीसँग सोधपुछ गरेको हो ।

ओलीसँग आन्दोलनका बेला भएको घटनाबारे विस्तृत सोधपुछ भएको बताइएको छ । आयोगले यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतसँग बयान लिइसकेको छ ।

आयोगले अन्य सरोकारवाला तथा सुरक्षा निकायका उच्च अधिकारीसँग पनि बयान लिइसकेको जनाएको छ । –न्युज एजेन्सी नेपाल