२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेड लिड्ससँग बराबरीमा रोकियो



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा म्यान्चेस्टर युनाइटेड लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

लिड्स युनाइटेडको गृह मैदान एलान्ड रोड रंगशालामा भएको खेलमा लिड्सले उत्कृष्ट खेल प्रदर्शन गर्दै युनाइटेडलाई १–१ गोलमा रोकेको हो । खेलमा लिड्सका तर्फबाट ब्रेन्डन आरोनसनले दोस्रो हाफको ६२औं मिनेटमा युनाइटेडका दुई डिफेन्डरलाई उछिन्दै सुन्दर गोल गरेका थिए ।

म्यान्चेस्टरमाथि निरन्तर दबाब सिर्जना गरे पनि युनाइटेडका स्थापनापन्न खेलाडी जेर्कीले दिएको सुन्दर पासलाई सदुपयोग गर्दै म्याथियस कुन्हाले ६५औं मिनेटमा गोल फर्काए ।
त्यसपछि पनि दुबै टिमबाट आक्रमण भए पनि थप गोल हुन सकेन । आजको खेलमा युनाइटेडका ब्रुनो फर्नान्डेज र बुमोजस्ता आक्रामक खेलाडी सहभागी थिएनन् ।

यो बराबरीसँगै म्यान्चेस्टर युनाइटेडले २० खेलबाट ३१ अंक जोड्दै अंक तालिकामा पाँचौं स्थानमा छ । युनाइटेडले पछिल्ला पाँच खेलमा ३ वटा बराबरी, एउटामा जित र एउटामा हार व्यहोरेको छ ।

उता, लिड्स युनाइटेडले २२ अंक जोडेर लिगको १६औं स्थानमा छ ।

आजै, लिभरपुल र फुलआम, ब्रेन्टफोर्ड र एभर्टन, म्यान्चेस्टर सिटी र चेल्सी, टोटेनह्याम र सन्डरल्यान्ड तथा न्यूक्यासल र क्रिस्टल प्यालेसबीच खेल हुँदैछ । एजेन्सी

पछिल्लो अंक तालिका