२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन क्षेत्रमा सुशासन अभिवृद्धिबारे पत्रकारलाई तालिम



अ+ अ-

काठमाडौँ। रेड कार्यान्वयन केन्द्रले वन क्षेत्रमा सुशासन अभिवृद्धि विषयमा तालिम सम्पन्न गरेको छ ।

धुलिखेलमा आइतबार र सोमबार आयोजित उक्त तालिम महिला पत्रकारहरुलाई लक्षित गरी आयोजना गरिएको थियो  । जसअन्तर्गत तालिममा जलवायु परिवर्तन, कार्बन व्यापार र वनबाट समृद्धिका विषयमा पत्रकारिता कसरी गर्नेबारे प्राविधिक र मुद्दा उठानमा जोड दिइएको थियो ।

रेड कार्यान्वयन केन्द्रका प्रमुख तथा सहसचिव नवराज पुडासैनीले कार्यक्रममा केन्द्रको भूमिका, जलवायु परिवर्तनमा भइरहेका गतिविधि, वन उद्यमशीलताका विषयमा जानकारी दिनुभएको थियो । उहाँका अनुसार वनबाट समृद्धि बन्ने साना तथा ठूला औद्योगिक क्षेत्रको महत्व बढ्दै गएको भए पनि सकारात्मक समाचार लेखनमा कमी आएको बताउनुभयो ।

पूर्वसहसचिव एवं जलवायुविज्ञ डा सिन्धुप्रसाद ढुङ्गानाले जलवायु वित्तको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार काम गर्नसक्ने प्रशस्त बजेट आएको भए पनि यसलाई सहजै रुपमा प्रयोग गर्न अर्थमन्त्रालयको झन्झटिलो प्रक्रियाले समस्या सिर्जना भएको उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो समय सरकारको उद्देश्यअनुरुप जङ्गलको क्षेत्र वृद्धि भएको जानकारी गराउनुभयो । यद्यपी अब जङ्गल संरक्षणतिरभन्दा त्यसबाट समृद्धिको बाटोतर्फ कसरी पुग्नेतर्फ सरकाकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा भू–संरक्षण अधिकृत महेश ढुङ्गानाले समृद्धिका लागि वन परियोजनाको विषयमा हालसम्म भएका सकारात्मक कार्यमाथि कार्यपत्र प्रस्तुत गर्नुभयो । रासस