काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि घोषणा पत्र मस्यौदा कमिटी बनाएको छ।
मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको घोषणा पत्र मस्यौदा समिति बनाएको हो । समितिमा नेता ईश्वर पोखरेल सहित उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली तथा विष्णु रिमाल रहनु भएको छ । बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
जस अनुसार कोशीमा शेरधन राई ,मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा डा राजन भट्टराई गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना र संगठन विभागमा भानुभक्त ढकाल लाई जिम्मेवारी तोकिएको छ ।












