२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचनमा तीन दलको तालमेलः कांग्रेस ९, एमाले ८ र जसपाबाट महन्थ ठाकुर लड्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा तीन दलले चुनावी तालमेल गरेका छन् ।

सीट संख्यामा असहमति जनाउँदै नेपाली कम्युनिस्ट पार्टी बाहिरिएपछि कांग्रेस, एमाले र जसपाले चुनावी तालमेल गरेका हुन् । जसअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले पाएको एक सिटमा महन्थ ठाकुर उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेसले ९ सीटमा कोशीबाट सुनिल थापा, मधेसबाट धमेन्द्र पासवान र रञ्जीत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ ।

यस्तै, एमालेले कोशी प्रदेशमा रोशनी मेचे, बागमतीमा डा प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको छ ।

माघ ११ गते तोकिएको राष्ट्रियसभा निर्वाचनको  लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।