काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग कुरा नमिलेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एकल उम्मेदवारी दिने भएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले १८ सीटका लागि टिकट वितरण थालेका हुन् ।
नेकपाले बागमती प्रदेशबाट प्रेम सापकोटा ‘राजेन्द्र’लाई उम्मेदवार बनाएको छ। अन्य प्रदेशमा पनि उम्मेदवार छनोट गर्दै छन् ।
यसअघि कांग्रेस र एमालेले नेकपालाई तीन सिट दिने भनेको थियो । तर, संयोजक दाहालले चार सिट नभई नहुने अडान लिएपछि चुनावी तालमेलबाट बाहिरिएका हुन् ।
राष्ट्रिय सभा निर्वाचनको लागि कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालबाट महन्थ ठाकुरले उम्मेदवारी दिने भएका छन् ।












