२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाली सेनाद्वारा अलेप्पोका दुई क्षेत्र बन्द सैन्य क्षेत्र घोषणा गर्दै कर्फ्यु लागू



अ+ अ-

एजेन्सी । सिरियाली सेनाले उत्तरी श्हर अलेप्पोका शेख मकसुद र अशरफिया छिमेकहरूलाई बन्द सैन्य क्षेत्र घोषणा गरेको छ । त्यहाँ पूर्ण कफ्र्यु लागू गरेको छ ।

सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) सँगको लडाइँ चर्किएपछि एक आधिकारिक विज्ञप्ति मार्फत यो निर्णय सार्वजनिक गरिएको हो ।

सिरियाली अरब सेनाको अपरेशन कमाण्डले ती दुई क्षेत्रमा रहेका सबै एसडीएफ स्थानहरूलाई वैध सैन्य निशाना मानिने बताएको छ । सेनाले यसलाई ठूलो तनाव र बारम्बार हुने आक्रमणहरूको परिणाम भनेको छ । जसका कारण सर्वसाधारणको ज्यान गएको दाबी गरिएको छ । सेनाले स्थानीय बासिन्दाहरूलाई आफ्नो सुरक्षाका लागि एसडीएफका ठेगानाहरूबाट टाढा रहन आग्रह गरेको छ । से

नाले नागरिकहरूको रक्षा गर्न र सैन्य अपरेसनलाई सहज बनाउन यस्तो कदम चालिएको बताएको छ । प्रभावित क्षेत्रबाट बाहिर निस्कन चाहने नागरिकहरूका लागि सेनाले दुईवटा मानवीय कोरिडोरहरू खोलेको घोषणा गरेको थियो । अलेप्पोमा पछिल्ला केही दिनदेखि ड्रोन आक्रमण, गोलाबारी र सरकारी बल तथा एसडीएफ संवद्ध एकाइहरूबीच गोली हानाहान भइरहेको छ ।

राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार यी झडपहरूमा सर्वसाधारण र सुरक्षाकर्मीहरूको मृत्यु र घाइते भएका छन् । सिरियाली अधिकारीहरूले एसडीएफलाई आवासीय क्षेत्र र सुरक्षा पोष्टहरूलाई निशाना बनाएको आरोप लगाएका छन् भने एसडीएफले ती आरोपहरू अस्वीकार गर्दै सरकारी पक्षबाट अन्धाधुन्ध गोलाबारी भएको दाबी गरेको छ । यो लडाइँले अलेप्पोमा पहिलेदेखि नै कमजोर रहेको सुरक्षा व्यवस्थालाई थप तनावपूर्ण बनाएको छ ।

सिरियाली सरकार र एसडीएफ बीच मार्च २०२५ मा हुने भनिएको राजनीतिक सम्झौताका लागि भइरहेको वार्ता रोकिएको बेला यी झडपहरू भएका हुन् ।